तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सरस्वती तिमल्सिना खनाल

जापान । अन्याय, अत्याचार, विकृति र विसंगति, सुशासन, महिला हिंसा, भ्रष्टाचार बिरुद्धको सुचना बेस समाज निर्माण गर्नु हाम्रो आजको अभियान” भन्ने मुल नाराको साथमा स्थापित जागौं नेपाल राष्ट्रिय अभियान प्रवास समितीले जापानमा पनि आफ्नो शाखा बिस्तार गरि समिती गठन गरेको छ।

प्रवास केन्द्रीय समिती संयोजक सन्तोष तिमल्सिनाको अध्यक्षता हिजो बसेको अन्लाईन बैठकबाट सुरेन्द्र शाही ज्युको संयोजकत्वमा ५ सदस्य समिती गठन गरिएको छ ।

उक्त समितीमा सह-संयोजक अमृत के. सी., सदस्यसचीव शिव खत्री, कोषाध्यक्ष-भोजु शाही र प्रवक्ता- लक्ष्मण के.सी. रहेको ५ सदस्यीय समिती गठन भएको छ। जागौँ नेपाल प्रवास समिती जापान गठन सङ्गसङ्गै १०भन्दा बढी देशहरु समिती गठन भैसकेको र क्यान्डा, अस्टेलिया, पोर्चुगल, कोरियामा छ्लफल भैरहेको ती लगायतमा अन्य देशमा छिटै नै समिति गठन गर्ने कुरा प्रबास संयोजक सन्तोष तिमल्सिनाले जानकारी गराउनु भएको थियो भने उक्त समितीलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम प्रबास सचिब सरस्वती खनालले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा प्रवास केन्द्रीय सचीव सरस्वती खनाल ज्यु ले सहजीकरण गर्नु भएको थियो। सोही अबसरमा खनालले सबै समुदायलाई समेटेर बिश्व भरि बस्नुहुने साझा नेपालीहरुको संगठन जागौं नेपाल बनाउने कुराको उद्घाेषण गर्नु भएको थियो भने अन्तमा आफना भनाइ समग्रमा राख्दै समुन्नत नेपाल, भ्रष्टाचार मुक्त समाज, बिकशित र शान्तिपुर्ण देश बनाउन कुनै बिना सशस्त्र आन्दोलन, तोडफोड, आगजनी र बिना कुनै क्षति पनि भ्रष्टाचार मुक्त बिकशित मुलुक बनाउन सकिन्छ भन्दै प्रबाँस संयोजक सन्तोष तिमल्सिनाले नवगठित पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …