तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

केदार बस्नेत

काठमाडौ  । नेपाली कांग्रेस सोलु-काठमाण्डौ सम्पर्क समितिले भोली गर्ने वृहत कार्यकर्ता भेलाको तयारी पूरा भएको जनाएको छ ।

आज चाबहिलमा बसेको सम्पर्क समितिको बैठकले त्यस्तो जानकारी गराएको हो । शनिबार भोली मिराकल पार्टी प्यालेस सुकेधारामा कार्यक्रम गर्न लागेको समितिका सभापति गोकर्ण बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रमलाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल महामन्त्री द्वोय डाक्टर शशांक कोईराला र पुर्ण बहादुर खडका पुर्व महामन्त्री प्रकाशमान सिंह केन्द्रिय सदस्यहरु बल बहादुर केसी धनराज गुरुङ र गगन कुमार थापा साथै प्रवक्ता विश्व प्रकाश शर्माले सम्बोधन गर्ने सभापति बस्नेतले आगमन खबरलाई जानकारी दिनुभयो ।

कार्यक्रम सफल पार्न यसअघि नै दुईवटा समिति गठन गरिएको छ जसमा व्यवस्थापन समितिको संयोजक उतम प्रसाद राई र आर्थिक समितिको संयोजकमा आङदोर्जी शेर्पालाई नियुक्त गरेको सभापति बस्नेतले बताउनु भयो ।

काठमाण्डौ आएर बसोबास गर्ने सोलुखुम्बुका विभिन्न पेषा तथा व्यवसायमा आवद्ध सबै लोकतन्त्र प्रेमी आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुलाई भोली कार्यक्रम उपस्थित हुन सबैलाई अनुरोध गरेको सचिव टार्जन कुलुङले बताउनु भयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …