तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । देशका विभिन्न स्थानमा गरी औसत रूपमा दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तहबाट यो सङ्ख्यामा झोलुङ्गे पुल निर्माण भइरहेको हो । 

सरकारले चालू आर्थिक वर्षमा छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तीमध्ये सङ्घीय सरकारले ९०, प्रदेश सरकारले १६ र स्थानीय तहले ४९४ वटा पुल निर्माण गर्नुपर्नेछ । तीनवटै तहले निर्माण गर्नुपर्ने झोलुङ्गे पुलमध्ये गएको माघसम्म २२१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको छ । बाँकी ३७९ वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ । 

यस वर्ष निर्माण गर्नुपर्ने छ सय झोलुङ्गे पुलमध्ये स्थानीय तहले १९० र सङ्घीय सरकारले ३० वटा झोलुङ्गे पुल निर्माण गरिसकेका छन् । प्रदेश सरकारले निर्माण गर्नुपर्ने सबै पुल निर्माणाधीन अवस्थामा रहेको विभागका प्रवक्ता अशोककुमार साहले जानकारी दिनुभयो । देशैभर तीनवटै तहले निर्माण गरेका पुलको अवस्था मूल्याङ्कन गर्दा अहिले दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भएका छन्”, उहाँले थप्नुभयो, “मासिक ५० देखि ६० वटा र यो वर्ष छ सय झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेका छन् ।

माघसम्म स्थानीय तहअन्तर्गत निर्माण सम्पन्न भएका पुलमा प्रदेश १ मा १९, प्रदेश २ मा ६, बागमतीमा २५, गण्डकीमा ६२, लुम्बिनीमा २४, कर्णालीमा ३१ र सुदूरपश्चिममा २३ गरी १९० वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । त्यस्तै सङ्घीय सरकारले २४ झोलुङ्गे पुल निर्माण गरेको छ । 

त्यस्तै सङ्घीय सरकारबाट यस वर्ष निर्माण गर्नुपर्ने ९० पुलमध्ये हालसम्म प्रदेश १ मा सात, बागमतीमा पाँच, गण्डकीमा १२, लुम्बिनीमा दुई र कर्णालीमा चार गरी ३० वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । 

एक सय २० मिटरभन्दा कम दूरीका स्थानीय र प्रदेश सरकारले र सोभन्दा माथिका सङ्घीय सरकारले पुल निर्माण गरेका हुन् । चालू आर्थिक वर्षमा छ सयवटा पुल निर्माणका लागि सरकारले पाँच अर्ब तीन करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । गत आर्थिक वर्षसम्म देशभरमा तीनवटै तहबाट गरी आठ हजार ५५२ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेका छन् । 

नदी, खोल्साखोल्सीका लागि निर्माण भएका झोलुङ्गे पुलले स्थानीय नागरिकका लागि यातायात सुविधा उपलब्ध भएको, हाट बजार, शिक्षा, स्वास्थ्य, प्रशासनिक सेवा, सामाजिक र सांस्कृतिक केन्द्रमा पहुँच अभिवृद्धि भएको साहले बताउनुभयो ।

विभागका महानिर्देशक ईश्वरचन्द्र मरहठ्ठाले देशभर निर्माण भएका झोलुङ्गे पुलले स्थानीय बासिन्दाको सामाजिक एवं आधारभूत स्वास्थ्य सेवा, अवसर र स्रोतमा पुहँच अभिवृद्धि भएको बताउनुभयो । “देशैभर धमाधम निर्माण भएका झोलुङ्गे पुलले कठिन यात्रा गर्दै आएका नागरिकलाई आवागमनमा सहज भएको छ”, उहाँले भन्नुभयो, “निर्माण सम्पन्न भएका झोलुङ्गे पुलले गाउँमा विकासको नौलो आयाम थपेको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …