तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं ।प्रजातन्त्र दिवसका अबसरमा नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

शुक्रबार ७१ औं प्रजातन्त्र दिवस मनाउने अवसरमा ललितपुरमा रहेको पाटन अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल तरुणदलका अध्यक्ष जीतजंग बस्नेतले अस्पतालका रजिस्ट्रार प्रोफेसर डा पारस आचार्यलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

बस्नेतका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताललाई २५०० थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड उपलब्ध गराइएको हो ।

शुक्रबार एक बिगप्ती जारी गरी नेपाल तरुण दलले कोरोना भाईरसको जोखिमको अवस्थामा पनि अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मी साथीहरुले काम गरिरहनु भएको छ । जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार बिहान एक कार्यक्रमका बीच अस्पतालमा गई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ ।

कार्यक्रममा तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँ र कोषाध्यक्ष विद्वान गुरुङलगायतका सहभागी थियो ।तरुण दलले कोरोना संक्रमण सुरुभएपछि विभिन्न अस्पतालमा पुगेर अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …