तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हरि पौडेल (लिस्वन पोर्चुगल)

पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष कम्रेड प्रचण्ड यो काङ्ग्रेसि युवाको तर्फबाट क्रान्तिकारी जय नेपाल !!

कम्रेड देशलाई एउटा तानाशाही प्रवृतिबाट हटाएर लोकतन्त्र स्थापनाका लागी खेल्नु भएको भुमिका प्रती धन्यवाद ! तर धन्यवाद दिदै गर्दा तपाईंले गरेको युद्धमा भएका जघन्य अपराधलाई भने माफी पनि दिन सकिन्न ।यसका केही कारण छ्न त्यता तिर नजाउ अहिले ।

वर्तमान परिस्थितिमा तपाईंलाई नायक मान्छु मैले ! जसले खतरनाक ओलि प्रवृतिको विरुद्ध जसरी लडिरहनु भएको छ हुन त म एउटा काङ्ग्रेसि मेरो अपेक्षा थियो कि देशमा भइरहेको ओलीको तानाशाही प्रवृति विरुद्ध काङ्ग्रेस व्यापक रुपमा अघि बढ्छ भन्नेमा तर बिडम्वना काङ्ग्रेस ओलीले गरेका हरेक कुकर्मको साक्षी मात्र बस्यो ! साक्षी बसेकोमा ओलीले उसलाई भागबन्डा केही पद दिए अनि काङ्ग्रेस त्यही चाटेर बस्यो बसिरहेको छ ।

अघि बड्नुहोस कम्रेड ओलीले गरेका हरेक कुकर्मको तपाईं साक्षी बस्न मिल्दैन । एउटा युद्ध लडेर आएको मान्छे यस्ता कुकर्मको विरोध गर्नुभएन भने तपाईं कसरी जनयुद्धको कमान्डर हुनुभयो भन्ने प्रश्नवाचक चिन्ह खडा हुन्छ ?

ओलीले आफ्ना सारा कुकर्म ढाक्नका लागी अहिले एउटा जननिर्वाचित संस्थानै भत्काउन पुगेका छ्न त्यो पनि संविधान बिपरित, यो कुरा धेरै कमैले मात्र बुझेका छ्न ! यदि संसद निर्वाद रुपमा चलेको भए ओलि काठमाडौको होटेलमा भाषाण गर्दै हैन वालकोटमा न्याउरो अनुहार लिएर बस्दै गरेका हुन्थ्ये भने तपाईंहरु संसदमा जनताको आवाज सुनिरहनु भएको हुनुहुन्थो । अझै पनि आशा मरेको छैन विपिको आनुयायी भएको हुनाले अदालतले ओलीको कुकर्म विरुद्ध फैसला दिन्छ भन्नेमा, म विश्वस्त छु अदालतले संविधान पढनेछ,ओलीको अनुहार हैन ।

कम्रेड संसद पुनःस्थापन भए के गर्ने नभए के गर्ने त्यो पछाडी सोचौला तर अहिलेको समय ओलीको कुकर्मको विरुद्धनै भण्डफोर गर्ने हो । एउटा एउटा गरि सबै कुकर्म पर्दाफास गर्ने हिम्मत राख्नुस कम्रेड जसमा हजारौंको साथ रहन्छ ।ओलीले गरेका कुकर्म विरुद्ध तपाईं लडिरहदाँ भागबण्डामा पाएको गुलियो चक्लेट खाएर सुतिरहेको काङ्ग्रेसलाई पनि व्युताउने कष्ट गरिदिनु कम्रेड यसो गर्दा थुप्रै काङ्ग्रेसीहरु खुशी हुने थिए !! धन्यवाद !! जय नेपाल

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …