तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जोसेफआर वाइडेनले बुधवार बिहान ११ बजेर ४८ मिनेट जाँदा अमेरिकी राष्ट्रपतिको सपथ लिएका छन् । वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति बनेका छन्।

अमेरिकाको राजधानी वाशिंटन डिसीस्थित संसदभवनमा अमेरिकी समय अनुसार, बुधवार विहान आयोजित विशेष समारोहमा राष्ट्रपति वाइडेनले अमेरिकाको सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोवर्टस् समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । उनी दोस्रो क्याथोलिक राष्ट्रपति हुन् । आजैदेखि उनी ह्वाइट हाउसको पेन्सिलभेनिया एभेन्यूमा बस्नेछन् । दुई सय ४४ वर्षको अमेरिकाको इतिहासमा ७८ वर्षीय वाइडेन सबैभन्दा धेरै उमेरमा अमेरिकाको राष्ट्रपति हुने पहिलो व्यक्ति हुन् । उनले आजै आफ्नो कार्य वहाली पनि गरेका छन् ।

राष्ट्रपति अमेरिकाको सर्वोच्च र शक्तिशाली पद हो । अमेरिकी राष्ट्रपति सेनाको प्रधान सेनापति हुने संवैधानिक व्यवस्था अनुसार उनी प्रधान सेनापति पनि भएका थिए २३ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय रहेका वाइडेन ओवामा कार्यकाल २००८ देखि २०१६ सम्म उपराष्ट्रपति थिए ।

त्यसैगरी उपराष्ट्रपति कमलादेवी ह्यारिसले पनि राष्ट्रपति पदको सपथ लिएकी छन् । उनलाई न्यायाधीश सोनिया मारिया सोतोमेयरले सपथ गराए । जमैकन बाबु र भारतीय आमाकी सन्तान ह्यारिस अमेरिकी इतिहासमा सर्वाधिक ठूलो पदमा पुग्ने पहिलो अफ्रिकी तथा दक्षिण एसियाली महिला हुन् ।

विशेष समारोहमा अमेरिकाका पूर्व राष्ट्रपतिहरु, पूर्व प्रथम महिला, संवैधानिक अंगकाप्रमुखहरु, नवनियुक्त मन्त्रीहरु उपस्थित थिए । तर राष्ट्रपतिबाट वहिर्गमन गरेका डोनाल्ड ट्रम्प भने उपस्थित भएनन्। तर उपराष्ट्रपति पेन्स भने आफ्नी पत्नीसहित उपस्थित थिए ।

यस अघि राष्ट्रपतिकी उम्मेदवार एमीक्लो वाउचरले राष्ट्रपति, उपराष्ट्रपतिलगायत सम्पूर्ण उपस्थितमहानुभावहरुसमक्ष राष्ट्रपतिर उपराष्ट्रपतिको परिचयदिँदै मन्तव्यका साथ स्वागतगर्नुभएको थियो ।

सपथ कार्यक्रम पछि वाइडेनले करिब २० मिनेट भाषण गर्दै राष्ट्रिय एकतामा जोड दिए । उनले आजको दिन अमेरिकाको र प्रजातन्त्रको दिएका थिए । उनले आफू सबै अमेरिकनको राष्ट्रपति हुने वचन वद्धता व्यक्तगर्दै आगामीदिन अमेरिकाको लागि चुनौतीपूर्ण छ र त्यसको नेतृत्वगर्र्र्दै यो देशलाई सही बाटोमा ल्याउन आफू तयार रहेको जानकारी पनि दिए ।

राष्ट्रपति वाइडेन र उपराष्ट्रपति ह्यारिस आजै भर्जिनियास्थित आर्लिंगटन सिमेटरीमापुगेर मृत सैनिकहरुप्रति सम्मान व्यक्त गरेका थिए ।

ट्रम्पको बिदाइ

सपथ ग्रहण समारोह सुरु हुनु केही घण्टा अघि राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथममहिला मेलेनिया ट्रम ह्वाइट हाउसबाट बाहिरिएका थिए ।

बाहिरिने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो चार वर्षे कार्यकालमा थुप्रै सकारात्मक कार्य गरेको जानकारी दिँदै कुनै रुपमा हामी पुनःफर्कन्छौँ भनेर स्वागतार्थ उपस्थित ठूलो समूहलाई आश्वस्त पारेका थिए । उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।त्यसपछि उनी पत्नी सहित विशेष विमान मार्फत फ्लोरिडा प्रस्थान गरे ।

ह्वाइट हाउस छोड्ने क्रममा राष्ट्रपति ट्रम्पले टेबलमा एउटा सानो नोट छोडेका छन् । त्यो नोटमा के लेखिएको छ भनेर अहिलेसम्म कसैले पनि भन्न सकेका छैनन् । कृष्णराज खनालले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …