चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १० मा सिटीहल निर्माण हुने भएको छ ।
जिल्ला समन्वय समिति चितवनको मातहतमा रहेको ४ विगाहा क्षेत्रफल रहेको जग्गामा इन्डो सगुन जेभी कम्पनी बुटवलले निर्माण गर्ने गरी सम्झौता भएको छ ।
सम्झौता अनुसार आगामी २७ महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।
भ्याट सहित ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँ ७२ पैसामा सिटीहल निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसक्नु्पर्ने शहरी विकास डिभिजन कार्यालयका इन्जिनियर माधव कटुवालले जानकारी दिनुभयो ।
२ हजार जनाको क्षमता भएको एउटा ठूला सभाहल र ३ सय जनाको क्षमता भएको अर्को सानो हल गरि मुख्य दुई वटा हलहरु रहने र मुख्य गेट बाइपास रोडतर्फ फर्काएर निर्माण गरिने बताइएको छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …