तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जा मुद्दती निक्षेप र अन्य बचत खाताको व्यादरको अन्तर पाँच प्रतिशतभन्दा तलमाथि गर्न नदिने भएको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले उक्त व्यवस्था गरेको हो । मौद्रिक नीतिको समीक्षापछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले कल डिपोजिटबाहेक अन्य निक्षेपको हकमा उक्त सीमा निर्धारण भएको जानकारी दिए ।

बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा मात्रै निक्षेप खोज्ने तथा व्याजदरको सम्बन्धमा पनि फरक पारेकाले उक्त सीमा तय गरिएको केन्द्रीय बैंकले जनाएको छ । बैंकले अहिले बचत खातामा पैसा जम्मा गर्नेलाई दुई प्रतिशतको हाराहारीमा ब्याज दिने गरेका छन् । मुद्दती निक्षेपमा केही बढी ब्याज भएपनि साधारण वचतमा असाध्यै कम व्याज रहेको छ ।

बैंकमा लगानीयोग्य रकम बढी भएको भन्दै धमाधम निक्षेपकोसमेत व्याज घटाएका छन् । कर्जामा व्याजदर कम हुँदा त्यसले लगानीमैत्री वातावरण बनेको र तथा लगानी विस्तार भए पनि बचतको ब्याज कम हुँदा त्यसले अन्यत्र असर पारेको राष्ट्र बैंकको भनाइ छ ।यस्तै केन्द्रीय बैंकले ६ महिनासम्म व्याज भुक्तानी बक्यौता नभएका ऋणीको धितो लिलाम गर्न स्थगन गरिदिएको छ ।

कोरोना महामारीका कारण समयमा किस्ता तिर्न नसकेका ऋणीलाई बैंकले धमाधम लिलामी गर्न थालेपछि राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । किस्ता तिर्न नसकेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले सामान्य संवेदनासमेत नहेरी धितो लिलामी गरेको गुनासो चर्कोरुपमा उठेपछि राष्ट्र बैंकले उक्त व्यवस्था गरेको जनाएको छ ।

गभर्नर अधिकारीले कोभिडले असर परेका ऋणीलाई समस्या नहोस् भन्ने ध्येयका साथ उक्त व्यवस्था गरिएको जानकारी दिए । यस्तै केन्द्रीय बैंकले कर्जामा अनियमित प्रतिस्पर्धा नहोस् भन्ने ध्येयका साथ अग्रिम भुक्तानी शुल्कसमेत बढाएको छ । त्यसैगरी शेयर धितो कर्जामा समेत पुनरावलोकन गरिने भएको छ । त्यसका अलावा रियलस्टेट कर्जामा पनि पुनरावलोकन गर्न लागिएको छ ।

कोभिडले असर गरेको पर्यटन तथा होटल क्षेत्र एवं पर्यटन क्षेत्र तथा पशुपक्षीपालन व्यवसायलाई प्रदान गरिने पुनःकर्जामा थप सरलीकृत गर्न लागिएको केन्द्रीय बैंकको भनाइ छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …