काठमाडौ – नेप्से सोमबार २९ अङ्कले बढेको छ ।शेयर बजार परिसुचक नेप्से सोमबार २८ दशमलव ७९ अङ्कले बढेर १९ सय ९७ दशमलव शून्य ५ विन्दुमा पुगेको हो ।
आज कारोबार सुरु भएको केहीबेरमै दुई हजार २७ विन्दुमा पुगेको नेप्से फेरि घटबढ हुँदै १९ सय ९७ विन्दुमा रोकिएको थियो।
केही दिनदेखी लगातार बढिरहेको बैंकिङ समूहको शेयर सोमबार भने ७ दशमलव ३ अङ्कले घटेको छ । साेमबार विकास बैंक र फाइनान्स समूहको शेयर पनि घटेको छ ।
आज साेमबार जीवन बीमा समूहको शेयर ८ सय २३ अङ्कले बढेको छ । त्यस्तै निर्जीवन बीमा समूहको १ सय ९३ अङ्कले, व्यापार समूहको १ सय ५१ अङ्कले बढेको छ।
सबैभन्दा धेरै रकम कारोवार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ। जसमध्ये कारोवार रकम ३८ करोड ४८ लाख रहेको छ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …