तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। कोरोनाको जोखिम बढिरहेको अबस्थामा विज्ञहरुले चिसो बढे संगै कोरोना भाइरसको प्रकोप थप बढ्ने संकेत गरिसकेका छन् । गर्मीको तुलनामा जाडो समयमा संक्रामक रोग फैलने प्रकोप तीव्र हुने हुदा आफ्ना स साना नानीबाबुहरुलाई रोग लाग्नबाट र चिसोबाट जोगाउन स्वास्थ्यको विशेष ख्याल राख्न डा. हेमराज कोइरालाले दिनुभएको टिप्स प्रयोग गर्नुहोस।

जाडो मौसममा बच्चाहरुको निमोनिया, रुघा–खोकी, ज्वरो, चिसोको एलर्जी, इन्फ्लुएंजा, श्वासको समस्या, सिगान बग्ने रोग, छाला फुट्ने, ब्रोङकाईटिस, नाक, कान घाँटीको संक्रमण जस्ता समस्याहरु देखिन सक्छ । जाडोमा प्रकोपित हुन सक्ने यी समस्याहरूबाट नानीबाबुहरुलाई बचाउन निम्न कुराहरुमा विशेष ध्यान दिन आवश्यक देखिन्छ ।

न्यानो कपडाको प्रयोग :

१) जाडोमा वाहिरी चिसोसँग जुध्नका लागि शरीरको तापमान सन्तुलित राख्नुपर्ने हुन्छ । यसका लागि सर्वोत्तम कवच भनेको न्यानो लत्ताकपडा नै हो । यसैले नानीबाबुहरुको लागि न्यानो कपडाको जोहो गरौं ।

२) बच्चाहरुलाई जाडोमा कपडा लगाई दिँदा हामीले लगाएको भन्दा एउटा लेयर बढी लगाई दिनपर्छ । अर्थात हामीलाई दुई लेयर कपडाले जाडो छेक्छ भने बच्चाहरुका लागि तीन लेयरको कपडा जरुरी हुन्छ ।

३) जाडोको मौसममा बच्चाहरुको टाउको, खुट्टा, हातको पञ्जा, छाती, चाक र कानलाई न्यानो कपडाले ढाकेर राख्नु पर्दछ ।

४) बच्चाहरुलाई जाडोमा कपडा लगाई दिँदा १-२ पत्र बाक्लो कपडा लगाई दिनु भन्दा ३-४ पत्र पातलो कपडा लगाई दिनु राम्रो हो । धेरै पत्र लुगा लगाईदिँदा शरीरलाई गरम राख्नुपर्दछ ।

५) बच्चाहरुलाई लुगा लगाई दिँदा सबै भन्दा भित्रीपत्र सूतीको होस् । त्यसपछि थर्माकोट लगाई दिनु त्यसमाथि सर्ट टि-सर्ट जामा आदि लगाईदिएर सबै भन्दा बाहिरी पत्र हावा नछिर्ने ज्याकेट लगाई दिनु पर्छ ।

६) जाडोभर सकभर बच्चाको टाउको खाली नराख्नु । टोपी लगाइराख्नुपर्छ । मङकी क्याप जाडोको लागि अन्य टोपीहरु भन्दा उत्तम छन् ।

७) जाडोभरी भित्र रुवा हालेर सिलाएको भोटो लगाइदिनु पर्छ ।

८) मोजा र पञ्जा सकभर हटाउनु हुँदैन ।

९) जाडोमा बच्चालाई धेरै पिसाब आइरहने हुँदा बेलाबेला डायपर बदल्नुपर्छ । कपडामा पिसाब फेरे तुरुन्त कपडा फेरी दिनु पर्दछ ।

१०) जाडोमा धेरै कपडा लगाईदिद पनि भित्र पसिनाले बच्चाहरूलाई असर गर्न सक्छ । यसो हुन नदिन बेलाबेलामा पसिना आएनआएको जाँच गर्दै गरौं ।

११) बिहान बेलुका धेरै कपडाको लेयर लगाई दिएपनि दिउँसो यसको लेयर घटाऔं ।

हिटरको प्रयोगः

कोठालाई न्यानो राख्न अभिभावकहरु कोठामा हिटर बाल्ने गर्दछन् । कोठामा हिटर चलाएको त्यती राम्रो होइन ।

हिटरले कोठाको आद्रतालाई कम गर्दछ । हिटर चलाउनै परे लगातार नचलाउनु होला । एकाध घण्टाको विश्राममा १०–१५ मिनेटको लागि बन्द गर्नुहोला । बाहिर जानुपर्ने छ भने जानु भन्दा २० मिनेट अगाडि नै हिटर बन्द गरिदिनुहोला । भित्र र बाहिरको तापक्रममा आएको परिवर्तनले बच्चाहरुलाई असर पार्न सक्दछ ।

मालिस गरिदिनुहोस्:

मालिस एक किसिमको निस्क्रिय व्यायाम हो । स्नान वा स्पञ्जपूर्व मालिस गरिदिँदा रक्तसञ्चार शसक्त हुन पुग्दछ । मांशपेशी, हड्डी, नशा, नाडी, छाला आदि सबै स्वस्थ रहन मालिसले विशेष भूमिका खेल्दछ । यसर्थ नानीबाबुहरुलाई स्नानपूर्व १०–१५ मिनेटको मालिस दिनदिनै गर्नु पर्दछ ।

१) जाडोमा बच्चाको मालिस गर्दा तातो स्थानमा अँगेनु, हिटर, फाएर बिग्रेड आदिको नजिक राखेर सेक्दै मालिस गर्दैै गर्नुपर्दछ । मालिस १०–१५ मिनेटको मात्र हुनुपर्दछ ।

२ मालिस गर्दा गाईको घ्यूमा कपुर मिसाएर गर्दा सबैभन्दा राम्रे हो । यसो हुन नसकेमा तातो तोरीको तेलमा मेथी पुराएर मालिस गरिदिनुस् । तोरीको तेल नभएमा बदामको तेलले पनि मालिस गरिदिनुस् ।

३) मालिस र स्नान खाना खानु पहिलेनै गराउनु पर्दछ । मालिस गरेको १०–१५ मिनेटमा बच्चालाई नुहाई दिनु पर्छ, केही खाएको १ घण्टासम्म बच्चालाई मालिस गर्नु हुँदैन ।

कसरी नुहादिने

१) जाडोको मौसममा बच्चाहरुलाई दिनैपिच्छे नुहाउनु हुँदैन । हप्ताको २-३ चोटि सम्मभने नुहाउनु अवश्य पर्दछ । जाडोमा बच्चाहरुको नियमित नुवाई धुवाई नहुने हुँदा दिनको १ पल्ट मनतातो पानीले स्फन्ज बाथ भने अवश्यगर्नु पर्ने हुन्छ ।

२) नानीबाबुहरुलाई जाडोमा नुहाउँदा खुल्ला ठाउँमा नभएर बन्द कोठामा नुहाई दिनु पर्छ । खुल्ला ठाउँमा हावा खेल्ने हुँदा चिसो हावाको कारण नानीबाबुहरु बिरामी पर्न सक्दछन् ।

३) घाममा नुहाउन चाहेको खण्डमा शिशाबाट घाम छिर्ने ठाउँलाई रोजेर वा हावा नचलेको बेला नुहाई दिनु पर्ने हुन्छ ।

४) नुहाउनुपूर्व नै बच्चालाई नुहाउने सामग्रीहरु (जस्तो बच्चाको स्याम्पो, साबन, तौली, लोसन, बाथ टव, डाइपर, कपडा, खेलौना आदि) सबै एकै ठाउँमा जम्मा गर्नुहोस् ।

५) सानो बच्चाहरुलाई नुहाउँदा हातमै राखेर नुहाउनु होला । १ वर्ष माथिका बच्चालाई टवमा राखेर नुहाइदिनु होला ।

६) नुहाउनुपूर्व पानीको तापक्रमजाँच गरी पहिले आफ्नै हात डुबाएर अञ्जलीले पानी उठाएर हाली दिनुहोस् । पानी ठिक मनतातो हुनु पर्दछ । ज्यादा तातो वा चिसो पानीले बच्चालाई नुहाइदिनु हुँदैन ।

७) बच्चालाई नुहाउँदा सकभर दुई जना भएर नुहाउनु राम्रो हो । नुहाई सकेपछि तुरुन्त कोमल तौलीयामा बेरेर बाथरुमबाट बाहिर ल्याउनुहोस् र लुगालगाई दिनुहोस् ।

घाममा पनि निकाल्ने गर्नुहोस्

जाडो लाग्छ भनेर बच्चालाई कोठैमा गुम्स्याएर राख्नु हुँदैन । घाम लागेको बेलामा हावाले असर नगर्ने ठाउँ हेरेर घाम तपाउने गर्नु पर्दछ । घाम ताप्दा भिटामिन डी मिल्दछ ।

सरसफाइमा विशेष ध्यान पु¥याऔँ

चिसोको मौसममा बच्चाले धेरै पिसाब गर्ने हुँदा बारबार कपडा बदलिरहन सम्भव हुँदैन । यस्तो अवस्थामा डाइपर प्रयोग गर्नु पर्ने हुन्छ । तर डाइपरको ख्याल नराख्दा यहिबाट घाउ पनि हुन सक्छ । डाइपरको प्रयोग गर्दा निम्न कुराहरुको ध्यान दिनुपर्दछ ।

१) डाइपरको साइज ठिक्क हुनु पर्दछ । टाइट डाईपरले घाउ बनाउन सक्दछ भने खुल्ला डाीपर पनि काम गर्दैन ।

२) डाइपर लगाएको बच्चालाई बेला बेलामा डाइपर भिजे नभिजेको चेक गर्दै गर्नुपर्दछ । डाइपर भिजीसकेको भए तुरुन्त फेरिहाल्नु पर्दछ ।

३) दिसा गरेको भए मजाले धोइदिऔ । पिसाब गरेको भए डाइपर बदलिदिऔँ ।

४) हरेक चोटी डाइप बदल्दा डाइपरले घाउ बनायो कि भनेर सजग रहौँ ।

५) डाइपर बदल्दा आफे हात सफा छ भनेर विशेष ध्यान दिऔँ ।

६) डाइपर नलगाएका बच्चाहरुको कपडा भिज्ने बित्तिकै बदलिदिऔँ ।

७) जाडोमा सिङ्गान बग्ने खोकी लाग्ने आदि पनि हुन सक्ने हुँदा नाक र मुखको सरसफाईमा विशेष ध्यान पु¥आऔँ ।

८) खाना खुवाइसकेपछि बच्चालाई राम्रोसँग चुठाऔँ ।

९) धुलो, माटो, बालुवा खानेकुरा आदि लागेको खण्डमा पनि तुरुन्त सफा गरौं ।

१०) शिशुलाई धुँवा, धुलो, धुम्रपान आदिबाट पनि बचाउनुहोस् ।

यसरी सुताउने

१) बच्चालाई चिसो उठेको बेलामा भन्दा सुतेको बेलामा लाग्न सक्छ । तसर्थ सुतेको बेलामा बच्चालाई न्यानो बनाउने व्यवस्था गरौं ।

२) बच्चा सुताउने बिछ्याउना न्यानो हुन अत्यन्त आवश्यक छ । बच्चा सुताउनु भन्दा पहिले ओछ्यान लगाएर त्यसमाथि हट वाटर ब्याग राखेर ओछ्यान तताउनुहोस् र सुताउन लागेपछि त्यहाँबाट ब्याग हटाउनु होस् ।

३) बिछ्याउना सिरक कपासको हुनु पर्दछ ।

४) ६ महिना सम्मको बच्चाहरुलाई तोरीको सिरानी लगाइदिनु राम्रो हो ।

५) सिरक धेरै बाक्लो हुनहुँदैन ।

६) सुताउँदा विशेषतः ऊनीको जुराफ, पञ्जा, टोपि आदि लगाएरै सुताई दिऔँ ।

के के खुवाउने 

१) नवजात बालकहरुका लागि आमाको दुध सबैभन्दा उत्तम आहार हो ।

२) खाना वा लिटो खान सक्नेका लागि मल्टीग्रेन पिठोको लिटो खुवाउनु ।

३) हरियो साग–सब्जी, उसिनेको च्याउ अन्य फलफूल आदि पनि खुवाउँदै रहनु पर्दछ । दालको झोल, तरकारीको सूप पनि खुवाउँदै रहनु होला ।

४) दुधमा शुद्ध बेसार हालेर पनि खुवाउँदै रहनु होला ।

५) काजु बदाम किसमिस आदि पिसेर पनि खुवाउन सकिन्छ ।

६) अंकुरित गेडागुडी हालेको खिचडी दलिया आदि खुवाउँदा चिसोमा राम्रो हुन्छ ।

७) तारे भुटेको चिसो प्रकृतिक फलफूल खानेकुरा खुवाउनु हुँदैन ।

(लेखक भरतपुर—१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन ।)

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …