तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गतवर्ष संविधान दिवसका दिन हातहातमा झण्डा बोकेका आमसर्बसाधारण ठाउँठाउँबाट हर्सोल्लासपूर्ण रुपमा खुशीयाली साटासाट गर्न चोक, चौतारा, सडक ओइरिएका थिए । 

हातहातमा झण्डा र मनमनमा संविधान थियो । काठमाडौँमा विभिन्न जातजाति, समुदाय र धर्म संस्कृति मान्ने व्यक्ति बडो खुसीका साथ दिवस समारोहमा सरिक थिए । उपत्यकाको हरेक क्षेत्रमात्रै होइन हरेक घर झण्डामय भएको थियो । राष्ट्रिय चाडकै रुपमा मनाइएको संविधान दिवसले ऐतिहासिक झलक पस्केको थियो । 

विभिन्न जातजातिको सास्कृतिक झाँकीसहित मौलिक वेषभूषामा भएको सहभागिताले टुँडिखेलको शोभा बढेको थियो । सास्कृतिक संस्थानले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सास्कृतिक झाँकी प्रदर्शन गरेको थियो । कतै नौमती बाजा, कतै लाखे नाच, कतै सारङ्गीको धुन त कतै नेवारी समुदायका विभिन्न झाँकी र नृत्यले शोभा बढाएको थियो । भ्रमण वर्षका कार्यक्रम र दृष्य मोहित पार्न खालको थियो ।

विडम्बना यो अवसर यसपालीको संविधान दिवसमा प्राप्त हुन सकेन । आम नागरिकको मनमनमा संविधान भए पनि नेपाली जनताले विगतमा झैँ मन खोलेर दिवस समारोहमा सहभागि हुन पाएनन् । चाहना हुँदाहुँदै पनि कोभिड–१० सङ्क्रमण जोखिका कारण सम्भव भएन । यद्यपि सरकारले विशेष समारोह आयोजना गरेर आज संविधान दिवस भने मनाएको छ । 

निक्कै सुनसान रहेको सैनिकमञ्च टुँडिखेलमा भौतिक दुरी कायम गरेर दिवस मनाइएको हो । आज यहाँ न जातजातिका झाँकी नै थियो न त आम सर्बसाधारण तथा सारा सरकारी कर्मचारीहरु नै उपस्थिति हुन पाए । 

सहभागी थिए त केवल राष्ट्रप्रमुख, सरकार प्रमुख, व्यवस्थापिका, न्यायपालिकाका प्रमुख, संवैधिानिक निकायका प्रमुख, मन्त्रीगण, नेपाल सरकारका सचिव तथा अन्य सिमित विशिष्ट अधिकारीहरु । न त भव्य ¥याली नै आयोजना हुन सक्यो न त जातजातिका साँस्कृति झाँकीले नै शोभा बढाउन सक्यो । 

संविधान जारी भएको पाँच वर्ष पुरा भएको उपलक्ष्यमा आज राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा आयोजना भएको उक्त समारोहमा नेपाली सेनाको व्याण्ड टोलीले भने राष्ट्रिय भावनाले ओतप्रोत धुनसहित विभिन्न प्रस्तुति भने दिएको थियो । उनीहरुले अन्य सैन्य कला भने देखाउन पाएनन् ।हजारौँको बलिदानपछि सशस्त्र सङ्र्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो । 

विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ संविधान बनाउने चाहना साकार भएको यो दिन आफैँमा ऐतिहासक र एक युगको अन्त्य र अर्को युगको प्रारम्भ भएको दिन पनि हो । यसपालिको दिवस समारोहमा नेपाली सेनाका दुई हेलिकप्टरबाट ‘संविधान दिवस–२०७४’ लेखिएको ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो । यस्तै रङ्गीबिरङ्गी बेलुनसमेत उठाइएको थियो । 

नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पणपछि छैटौँ संविधान दिवसका स्मरणमा शान्तिको प्रतीक छ जोडी परेवा उडाएर औपचारिक कार्यक्रम शुरु भएको थियो ।

उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च सरकारी अधिकारीको सहभागिता थियो । 

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सामाजिक जीवनलाई नै अस्तव्यस्त पार्ने र अर्थतन्त्रलाई गम्भीर धक्का पु¥याउने गरी फैलिएको कोभिड–१९ सङ्क्रमणको महामारीको प्रभावका बारेमा विचारविमर्श गरी दिवस मनाउनुपरेको सुनाए । उनले यसलाई छिट्टै परास्त गरेर मुलुकको हरेक गतिविधि विगत झैँ चलायमान हुने विश्वाससमेत व्यक्त गरे । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …