तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जुम्लाका प्रमुख जिल्ला अधिकारी  भुपेन्द्र थापामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रमुख जिल्ला अधिकारी थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्र जि अ थापाले बताउनु भयो ।   

कोरोना रोकथामका लागि अग्रमोर्चामा खटिनुभएका थापा आफैं सङ्क्रमित भएपछि आइसोलेशनमा बसेको भन्दै उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।

उहाँले आफू सङक्रमित  भएपछि आइसोलेशनमा रहेको र कार्यालयको कामको लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई फोन नम्बर ९८५८३२०३८० मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

थापा दैनिक बैठक, कोरोना सङ्क्रमितसँग भेट र आइसोलेशन व्यवस्थापन गर्न गाउँ गाउँ पुग्नुभएको थियो ।

प्रजिअ थापासहित ६ जनाको नतिजा पोजेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डा. मंगल रावलले जानकारी दिनुभयो । 

एक दिनअघि मात्रै जिल्लाको कारागारका कैदीबन्दी सहित ३९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

   

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …