तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जुम्लामा कोरोना संक्रमितको संख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ ।

समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा संक्रमण देखिएको हो ।

जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण जुम्लाका ४ कर्मचारीमा कोरोना संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए ।

 त्यसैगरी तिला गाउँपालिकामा २, तातोपानी गाउँपालिकामा २, सिञ्जा गाउँपालिकामा १, पातारासी गाउँपालिकामा १, कनकासुन्दरी गाउँपालिमा १, पेस नेपालका कर्मचारी १, कृषि कार्यालयका १ गरी ३९ जनामा कोरोना संक्रमण देखिएको हो । थप ३९ सहित सक्रिय संक्रमितको संख्या जुम्लामा ८७ पुगेको छ ।

डा. रावलले भने, ‘धेरैजसो जुम्लाको चन्दननाथमा स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरू रहेकाले यहाँको सदरमुकाम खलङ्गा उच्च जोखिममा रहेको छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ११ र हिमा गाउँपालिकाको आइसोलेसनमा रहेका २१ गरी ३२ जना डिस्चार्ज भएका छन् । जुम्लामा कोरोना संक्रमित निको हुनेको संख्या १४१ पुगेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …