तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण र रोकथाममा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, संक्रमित र तिनको परिवारमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ ।

कोरोना नियन्त्रण गर्न खटिने कर्मचारी र स्वास्थ्यकर्मीलाई सम्मानपूर्वक उत्प्रेरणा गर्नुपर्नेमा काठमाडौं, चितवन, मोरङलगायत स्थानमा उच्छृंखल व्यक्ति/समूहले धम्की दिएको, घरमा जान अवरोध गरेको र दुव्र्यवहार गरेको भन्दै गृह मन्त्रालयले निर्देशन जारी गरेको हो । ‘यस्ता गैरकानुनी गतिविधि गर्नेलाई कानुनबमोजिम तत्काल कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ,’ मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै प्रकारका घटना हुन सक्ने देखिए वा भए मन्त्रालयको टोल फ्री नम्बर ११४९ र प्रहरीको १०० मा फोन गरी जानकार गराउन हुन अनुरोध गरिन्छ । उजुरीकर्ताको विवरण गोप्य रहेछ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले भदौ ८ मा जारी गरेको सूचनामा संक्रमित र उसको परिवार उच्छृंखल व्यक्तिहरूबाट गैरकानुनी, अमानवीय एवं अपमानजनक व्यवहार गरे संक्रमण रोग ऐन २०२०, स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्न सकिने उल्लेख छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले मुलुकी अपराध संहितामा व्यवस्थाअनुसार पनि कारबाही गर्न सकिने बताए ।

मुलुकी अपराध संहिताको दफा ११८ को स्वास्थ्यकर्मी तथा संक्रमित र उसको परिवारलाई अभद्र व्यवहार गर्नेलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै जरिवाना हुन सक्ने व्यवस्था छ । त्यस्तै संक्रमण ऐनअनुसार अधिकार प्राप्त अधिकारीले दिएको आदेश अपहेलना गरे १ महिनासम्म कैद र १ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । त्यस्तै रोग रोकथाम, नियन्त्रण, पहिचान र उपचारमा संंलग्न व्यक्तिलाई अवरोध पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ महिनासम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …