तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भर्खर भात खुवाइ गरिएका माडीका पाँचमहिने बालकसहित चितवनमा बुधबार राति ४५ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेज (सीएमसी) मा भएका परीक्षणमा चितवनका ४५ सहित ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालको प्रयोगशालामा १५९ नमुनाको परीक्षण भएको थियो । जसमध्ये २६ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ । तीमध्ये १४ जना रत्ननगर नगरपालिकाका छन् । माडी नगरपालिकाका नौ जनामा र भरतपुर महानगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । बाँकी एक जना तनहुँ, देवाघाट गाउँपालिकाको रहेको अस्पतालले जनाएको छ ।

सीएमसीमा हिजो राति १ सय ५५ वटा नमुनाको परीक्षण प्रतिवेदन आएको थियो जसमा २६ जनामा संक्रमण भेटिएको अस्पतालले जनाएको छ । तिनमा नवलपुरका तीन, सर्लाहीका दुई र तनहुँका एक गरी ६ जना संक्रमितबाहेक बाँकी २० जना चितवनकै हुन् । चितवनका २० जनामा रत्ननगरका चार जनाबाहेक १६ जना भरतपुर महानगरपालिकाका छन् ।

माडी नगरपालिकामा असार मसान्तपछि संक्रमित भेटिएका थिएनन् । तर बुधबार एकै दिन नौजना संक्रमित पत्ता लागेका छन् । नगर स्वास्थ्य संयोजक शिवहरि सुवेदीले भर्खर पास्नी गरिएका एक जना ५ महिने बालक र उनको परिवारका दुई जना सदस्यमा पनि संक्रमण देखिएको जानकारी दिए ।

‘असार मसान्तयता आठ सय जनाको स्वाब परीक्षण भएको छ । संक्रमण देखिएको थिएन । हिजो एकै पटक नौ जना पत्ता लागे,’ उनले भने ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …