तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

खुमकान्त अर्याल - वालिङ -६, मिर्दी

पृथ्वीको गर्भमा संकलन हुने आन्तरिक उर्जा भुकम्प, ज्वालामुखी मार्फत वहिर्गमन भएजस्तै जीव तथा अणु परमाणुहरुको आन्तरिक उर्जा जीवनगति जारी राख्नको लागि आवश्यक मात्राको उपयोग भई बाँकी रहेको शक्ति अनेक बहाना बनेर बाहिर निस्कीरहेको हुन्छ । मानवजातिको औशतन शक्ति शरीर संचालन, काम, सन्तान वृद्धि, गास, वास, कपास, सुरक्षा, सामाजिक व्यवस्था श्रृजना तथा ,मनोरन्जन आदिमा खर्च भैरहेको हुन्छ र संचित अरिरिक्त उर्जा चिन्ता, लडाइँ  झगडा क्रोध प्रतिशोधको रुपलिएर परिवार समाज देश हुदै वैश्विकस्तरको घटनाहरु पनि हुनसक्तछ ।

प्राचीन समयदेखि अहिलेसम्म भएका धार्मिक, साम्प्रदायिक युद्ध देशहरुको विभाजन, गत १०० वर्ष भित्रकै २ वटा विश्वयुद्धहरू, धेरै समयदेखि मानिसहरुको मनमा संग्रहित प्रतिशोधी भावनाले क्रोधको रुपधारण गरी भएका घटनाहरु हुन् ।

पौराणिक कालका राम रावण लडाई, महाभारत युद्ध तथा प्रागैतिहासिक कालका शासकहरूको क्रोधको कारण भएका नरसंहारका घटनाहरु, क्रुसेडस जस्ता धेरै घटनाहरु पनि यस्तै क्रोध उर्जाका परिणामहरु हुन् ।

प्रेम, घृणा, प्रतिशोध,दया, भय,उत्साह जस्तै क्रोध पनि मनमा आउने एक भावना हो । हाम्रो मन शरीरको रक्षा, आहार, वसोवास, स्वास्थ्य, सन्तती संरक्षण, स्वाभिमान, प्रगति,न्याय,अधिकार हनन् जस्ता कुराहरुप्रति सधैं सचेत र संवेदन रहेको हुन्छ र जब यस विषयमा कसैबाट चुनौति आईलाग्दछ मनोभावनाले क्रोधको रुप धारण गर्दछ ।

क्रोधाग्नीबाट विक्षिप्त मानिसले त्यतिवेला प्रतिद्वन्दीप्रति क्षमा गर्नैैै सक्दैन, मारपिट गर्न सक्दछ र धेरै ठूलो क्षति पनि हुन जान्छ । मानिसको मनमा आउने यस्तो क्रोध के हो भन्ने विषयमा डाक्टर, धार्मिक तथा मनोवैज्ञानिकहरुको केही भिन्न मतहरु छन् । प्रसिद्ध मनोवैज्ञानिक फ्रायड, व्यक्तिमा देखिने क्रोधलाई अतृप्त यौन चाहनाको परिणाम हो भन्दछन् । 

क्रोधको धेरै कारणहरु मध्ये यौन पनि एक सहायक कारण माात्र हुनसक्छ किनभने उनको विचारको अनुशरण गर्ने पश्चिमा समाजमा मानिसमा क्रोध र निरासा झन बढेको देखिन्छ । मानिसको दुःख, पीडा र क्रोधलाई आर्थिक अभाव र शोषणको कारण हो भन्ने ठानियो, साम्यवादी विचारधारमा । पुँजी, प्रविधिको विकासका साथै राजनैतिक उदारवादको अभ्यासपछि धेरै देशहरुले विकास र सम्वृद्धि हासिल गरे, मानिसहरु सुविधा साधन र अधिकारसम्पन्न भएका छन् तर डिप्रेशन, असन्तुष्टि, क्रोध घटेकाे छैन बरू बढ्दैछ । अल्पविकसित मुलुकमा मानिसहरु न्युनतम आवश्यकताको परिपूर्तिकै लागि संघर्षरत छन् । यसर्थ क्रोध हिंसा निरासाका घटना बढ्दोछ ।

विश्वव्याापी कोरोना भाईरसको संक्रमण पछि त झन सबै देशहरुमा जनजीविका समस्याग्रस्त बन्दैछ ।राष्ट्रवाद, राजनैतिक विवाद, शक्तिको प्रदर्शन गर्ने प्रतिस्पर्धा चल्दैछ र यसले विस्फोटको रुपलिने संभावना वढ्दैछ । एशियाली देशहरुमा यतिवेला सीमानााको विषयमा एकापसमा आरोप प्रत्यारोपको श्रृंखला जारी छ र आइपरे लड्ने मन बनाईरहेका छन् । भारत र चीनले सीमानामा अत्याधुनिक लडाकु विमानको प्रदर्शन गर्दैछन दिनदिनै । त्यस्तै छ पाकिस्तान र भारतको पनि । एकले अर्कोलाई घेरा दिएर कमजोर गराउने रणनीतिमा देखिन्छन् । दक्षिण चीनसागरको सीमानाको विषयमा चीनका विरुद्ध ताइवान जापान, भियतनाम,मलेशिया,इन्डोनेशिया अस्ट्रेलिया समेतका मुलुकहरुको यस्तै चर्को विवाद देखिन्छ र त्यहांँ समुद्रमाथि लडाईको ट्रेलरनै देखाइंँदैछ, वमवर्षक विमानहरुको । यस्तैगरी रुस,इरान उत्तरकोरिया समेतका देशहरुले अमेरिका विरुद्ध वाकयुद्द चलाइरहेकै छन् र छिटपुट घटना पनि हुने गरेकाे छ ।

उता मध्य एशियाली देश सिरिया,लेवनान,प्यालेस्टाइन , इरान र इजरायलका विरुद्ध वाकयुद्द मात्र होइन, ससाना मिशाइल र साईवर आक्रमण भैरहेको छ । देशहरुले कोरोना महामारी र अन्य मानवीय क्षेत्रमा गर्नुपर्ने खर्चलाई कटौती गरी हातहतियार खरीद र परमाणु अस्त्रको स्थापना गर्ने सम्मको होड चल्न थालेको छ । यही मरमाणु हतियारको प्रमादमा सवैले विवेक गुमाउने खतरा बढिरहेको छ । यो सवै विश्व परिवेश र आममानिसहरुको स्वार्थी असहिष्णु व्यवहारलाई विचार गर्दा अहिले पृथ्वीमा ठूलो वर्षा अगाडि गुम्सिएको मेघले छोपेको जस्तो देखिदैछ।

त्यस्तै गरी अहिले संग्रहित असन्तुष्ट मानवीय उर्जाले विश्वव्यापी दुर्घटनालाई माध्यम बनाएर बाहिर निस्कन खोजेको भान हुन थालेको छ वैश्विकरुपमा । जसले अपुरणीय धनजन र वातावरणको क्षति गर्न सक्तछ, किनभने अहिले लडाइंँ भयाे भने परमाणु बमकाे प्रयाेगकाे संभावना धेरै छ ।

के त्यसोभए नकारात्मक उर्जाले सुरिदै र गुम्सिदै गरेको वर्तमान विश्वसंग सन्निकट विश्व दुर्घटनाबाट बच्ने उपाय छैन ? प्रकृतिक उपद्रवको पनि विश्वव्यापी संभावना देखिदै छ यसको उपाय त हामी संग अहिले भर्खर छैन तर मानिसवाट हुने दुर्घटनावाट वच्ने उपाय छ । 

पहिलो कुरा त सुझवुभझपूर्ण राजनैतिक तवरबाट समाधानको संभावना छ र दीर्घकालीन समाधानको लागि नकारात्मक रुपलिदै गरेको संचित यो उर्जालाई मानव तथा प्रकृति मैत्री गराउन, श्रृजनात्मक र शान्तिमय बनाउन सकिन्छ । दैनिकी कर्मका बीच खानपान वातावरण,तनाव समेतबाट मानिसको शरीरमा उत्पन्न हुने रासायनिक असर र नकारात्मक उर्जालाई व्यायाम ,योग ध्यान विधिवाट व्यवस्थित गर्न सकिन्छ र यसका लागि ध्यान साधनाका धेरै तरिकाहरु छन् ।

हाम्रो शरीर भित्र रहेको चक्रहरुमा हुने उर्जालार्ई सकृय गरी शरीरलाई तन्दुरुस्त राख्न, स्मरणशक्ति बढाउन, मनको क्रोध, घृणा हटाउन, प्रेम शान्ति र आनन्दको अनुभव गर्न सकिन्छ । नकारात्मक हुन सक्ने उर्जालार्ई स्वयंको प्रयत्नले सकारात्मक गराउन सकिन्छ जसले समाजमा मेलमिलाप न्याय शान्ति कायम गर्न सकिन्छ ।

वर्तमान मानिसहरुको दैनिकी जटिलतालाई मध्यनजर गर्दै सद्गगुरु ओसोले शरीर भित्रको उर्जा सकारात्मक गराउने १ घण्टाको सकृय ध्यान विधि बनाउनु भएको छ । सो ध्यान अन्तर्गत मनमा गुम्सिएर रहेका कुण्ठा र क्रोध हटाउन १५ मिनट बेस्सरी भएजतिको बल लगाएर रुने, बेस्सरी चिच्याएर हांँस्ने ।रिस उठेको मान्छे संझेर आफ्नै हातहरु कसेर मिच्ने अभ्यास गरिन्छ यसो गर्दा मन हलुको हुन्छ । शान्तिको आभास हुन्छ ।दुर्भावना रहदैन । प्रेमको भाव झल्कन थाल्दछ । यो ध्यान एकान्तमा गरिन्छ किनभने रूदा  हाँस्दा चिच्याएको देख्दा मानिसहरुले यो बहुलाएछ भन्न सक्छन । 

यस्तै अन्य छोटा ध्यान विधिहरु, व्यायाम, स्वअध्ययन प्रवचनको श्रवण, सत्संग चिन्तन आदिले पनि मनलाई सकारात्मक राख्न सकिन्छ। यसर्थ बेलैमा सबैले पुर्वोक्त उपायबाट आफूलाई बदल्ने अभियानमा लागाैं, तब नकारात्मक दिशातर्फ अगाडि वढ्दै गरेको वर्तमान समस्टिगत अतिरिक्त मानवीय उर्जालाई श्रृजना, शान्ति, सम्वृद्धि र मेलमिलापमा उपयोग गर्न सकिनेछ अन्यथा दुर्घटना निश्चित जस्तै छ । जसको परिणाम धेरै भयावह र विनाशकारी हुनेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …