तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ नेपालस्थित जापानी दूतावास अगाडि जापान जान ‘नो अब्जेक्सन’ लेटर लिनेहरुको भीड लागेको छ । बिदामा नेपाल आएका तर कोरोनाका कारण यतै रोकिएका नागरिकहरु पुन: जापान जानका लागि ‘नो अब्जेक्सन’ लेटर लिन लामो लाइन लागेका हुन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण सम्पूर्ण उडानहरु बन्द भएका थिए । अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै बिदामा नेपाल आएकाहरु यतै रोकिएका थिए । जापान सरकारले अगस्ट ५ बाट जापानले नेपालीहरुको प्रवेश खुला गरेपछि ‘नो अब्जेक्सन’ लेटर दूतावास आउनुपरेको सेवाग्राहीले बताएका छन् ।

दूतावासले नयाँ भिसा भने अहिले खुलाएको छैन । यसअघि नै जापानमा बसेर अध्ययन गरिरहेका रोजगारी गरिरहेका र बिदामा नेपाल आएका नागरिकहरु मात्रै जान पाउनेछन् ।

दूतावासले ‘नो अब्जेक्सन लेटर’ दिएपछि जापान उड्नुभन्दा ७२ घण्टा अगाडि कोरोना रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने छ । उपत्यकासहित देशभरि संक्रमणको जोखिम बढे पनि दूतावासमा सेवा लिन आउनेहरुले मास्क लगाउने बाहेक अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाएको भने देखिँदैन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …