तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

आफू कोरोना भाइरस संक्रमित भएको थाहा पाएपछि बुटवलबाट सम्पर्कविहीन भएका दुई जना व्यक्ति अझै सम्पर्कमा आएका छैनन्।

कोरोना संक्रमण आशंकामा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आफै गएर शुल्क तिरेर स्वाब परीक्षण गराएका उनीहरू शनिवारदेखि सम्पर्कविहीन भएको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन सिंहले बताए। उनीहरू बुटवलको हाटबजारमा दालमोट र मसालाको व्यापार गर्थे। 

अस्पतालले स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएपछि स्वास्थ्य कार्यालयमा जानकारी गराएको थियो। स्वाब परीक्षणको लागि अस्पतालमा आएका उनीहरूले बुटवल– ५ मा आफ्नो ठेगाना लेखाएको उपमहानगरले जनाएको छ।

कोरोना पोजेटिभ भएको थाहा पाएपछि सम्पर्कविहीन भएका उनीहरुको खोजी भइरहेको प्रमुख सिंहले बताए। 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …