तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा गएराति चितुवाको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।

घाइते हुनेमा १० वर्षीया अमिषा थापा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । घरको आँगनमा बसिरहेको बेला चितुवाको आक्रमणबाट घाइते भएकी बालिकालाई राति नै उपचारका लागि भरतपुर पठाइएको कार्यालयका प्रमुख केदार बरालले जानकारी दिनुभयो । उनीको घाँटीमा चोट लागेको छ ।

हजुरबुवा धनबहादुर पन्तको घरमा बसिरहेकी ती बालिका सोही ठाउँको चन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा ३ मा अध्ययनरत छिन् । “रातिको समयमा घरको आँगनमा बसेका बेला चितुवाले आक्रमण गरी बालिकालाई घाइते बनाएको छ, रातको समय भएकाले चितुवाले आक्रमण गर्न सजिलो हुने हुनाले विशेष सतर्कता अपनाउनुपर्छ”, प्रमुख बरालले भने ।

विसं २०७४ फागुनयता चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् । पछिल्लोपटक गत वैशाख २५ गते भानु नगरपालिका–४ चुँदीमा चितुवाको आक्रमणबाट स्थानीय ३६ वर्षीय रामबहादुर कुमाल घाइते हुनुभएको थियो । त्यसयता चितुवाको आक्रमण रोकिएकामा पुनः चितुवाको आक्रमणबाट शुरु भएपछि स्थानीयवासी त्रसित छन् ।

चितुवाका आहारा प्रजाति मृग, बँदेल, खरायो, वनकुखुरा आदि वनमा लोप हुँदै गएपछि चितुवा बस्तीमा प्रवेश गरी बालबालिकामाथि आक्रमण गर्न थालेको डिभिजन वन प्रमुख बरालको भनाइ छ । “ठूला मान्छेलाई भन्दा साना बालबालिकालाई आक्रमण गर्न सजिलो हुने भएकाले चितुवाको निशानामा बालबालिका पर्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “साँझको समयमा चितुवा आक्रमण हुने भएकाले त्यसबेला विशेष ध्यान पु¥याउनुपर्छ ।”

यसैवीच लायन्स क्लब इन्टरनेशनल ३२५ बी–१ नेपाल डिष्ट्रिकअन्तर्गतको क्लष्टर १४ र लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले तनहुँको भानु र व्यास नगरपालिकाका पहिरोपीडितलाई सहयोग गरेको छ । क्लबले भानु–९ सिमलगैह्रा र व्यास–९ माझफाँटका पहिरोपीडितलाई रु एक लाख १५ हजार नगद र लत्ताकपडासहितका सामग्री सहयोग गरेको हो ।

सिमलगैह्राका पहिरोपीडितलाई रु ४५ हजार र माझफाँटका पहिरोपीडितलाई रु ७० हजार उपलब्ध गराइएको क्लष्टर १४ का प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त रकम क्लबले भानु–९ का वडाध्यक्ष निलमसञ्जीवा श्रेष्ठ र व्यास–९ का वडाध्यक्ष सुरेश थापालाई हस्तान्तरण गरेको छ । पहिरोले पुरिएर सिमलगैह्रामा एकै परिवारका दुई र माँझफाँटमा एकै परिवारका तीन जनाको अकालमा निधन भएको थियो । माझफाँटमा एक पहिरोले पुरिएर अझै बेपत्ता छन् ।

पहिरोपीडितलाई सहयोग गर्न लायन्स क्लब इन्टरनेशनल ३२५ बी–१ नेपाल डिष्ट्रिकले रु ५० हजार र लायन्स क्लब अफ काठमाडौँ स्वयम्भू टाउनले रु एक लाख ३० हजार सहयोग गरेको छ । क्लबले म्याग्दे र भीमादका पहिरोपीडितलाई पनि आर्थिक सहयोग गर्ने जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …