तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

हिम शाह

सुदूरपश्चिमका थप ३ स्थानबाट पनि कोरोना परिक्षणको काम हुने भएको छ । जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल डोटी र सेती प्रादेशिक अस्पतालबाट पनि कोरोना परिक्षणको काम हुने भएको हो ।

ती स्थानमा कोरोना परिक्षण प्रयोगशाला स्थापनाका लागि भौतिक संरचना निर्माणको काम धमाधन भइरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ तिनवटै स्थानका लागि धनगढीमा प्रयोगशालाका लागि मेसिन पुगिसकेको र केही दिनभित्रै जडानको काम हुने र त्यसपश्चात परिक्षणको कार्य अगाडी बढाइने छ ।

बैतडीमा प्रयोगशाला स्थापनाका लागि भौतिक संरचना निर्माणको काम धमाधम भइरहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बशन्तराज जोशीले जानकारी दिनुभयो । टाइलिंग र वायरिंगको काम सकिएको र अब आल्मोनियम पार्टेसनको काम भइरहेको छ उहाँले भन्नुभयो “साउन महिनाभित्र मेसिन बैतडी आइपुग्ने र त्यपश्चात जडान गरेर भदौ दोस्रो हप्ताबाट परिक्षणको थालनी गर्ने योजना छ ” डोटीमा भने यसअघिनै मेसिन पुगिसेकेको छ । हाल प्रयोगशाला स्थापना नहुँदा पिसिआर परिक्षणका लागि डडेल्धुरा धनगढी पठाउनुपर्ने बाध्यता रहेको छ ।

यसअघि कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि विज्ञहरूको टोलीले अस्पतालमा पुगेर सम्भाव्यता अध्ययन समेत गरेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलोजिष्ट डा. श्रवणकुमार मिश्रको टोलीले गत वैशाख ५ गते जिल्ला अस्पतालमा पिसीआर परीक्षण प्रयोगशाला स्थापनाका लागि सम्भाव्यता अध्ययन गरेको हो ।

प्रयोगशाला सञ्चालनमा आएमा कोरोनाको मात्रै नभएर अन्य मलिकुलर चेकजाँचका लागिसमेत सजिलो हुने विश्वास छ । साथै जिल्ला अस्पताल बैतडीको ५० शैइयाको भवन निर्माण कार्यसमेत जारी रहेकाले ल्याब स्थापना हुने कुराले भविष्यमा जिल्ला अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

गत चैत १५ गते बसेको सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले बैतडीसहित डोटी र कैलालीमा कोरोनाका सम्भावित बिरामीको नमुना परीक्षणका लागि प्रयोगशाला (ल्याब) स्थापना गर्ने निर्णय गरेको थियो । हाल सुदूरपश्चिमका कैलाली र डडेल्धुरा गरेर २ स्थानका कोरोना परिक्षणको काम भइरहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …