तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

स्याङ्जा,वालिङ नगरपालिका वडा नं -७ का कोरोना संक्रमित एक युवाकी गत ४ महिना अघि विवाह भै संगै बसेकी श्रीमती र आमाबाबूसहित अन्य ५ जना परिवारका सदस्य लगायत निजसंग सम्पर्कमा रहेका गरी २४ जनाको स्वाव परीक्षणको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ। रिपोर्ट आएपछि परिवार र स्थानीयमा खुसी छाएको छ।

गत मंशिर महिनामा दक्षिण कोरियाबाट घर आई अहिले पुनः कोरिया फर्कने क्रममा काठमाडौमा गरिएको पिसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी कोरिया जानबाट रोकिएका थिए ।हाल वालिङ स्थित आइसोलेशनमा उपचाररत रहेका युवामाअसार २१ गते काठमाडौ प्रस्थान गर्नुभन्दा केही दिन अघि टन्सिल र रुघाखोकीको लक्षण देखिई औषधी सेवन गरेको कुरा घर परिवारले बताएको छ।

हाल निजको अवस्था सामान्य रहेको र निजको प्रत्यक्ष संपर्कमा रहेकाहरुको रिपोर्ट समेत नेगेटिभ देखिएपछि स्थानीयवासीमा कोरोना संक्रमणको स्वरुपका विषयमा यसअघि प्रचारित समाचारहरुबाट सृजित त्रास घटेको देखिन्छ भने भाइरसको संक्रमण क्षमता कमजोर हुँदै गएको अडकलबाजी गर्न थालिएको छ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …