तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाल विद्युत् प्राधिकरणबाट जारी हुने  उपभोक्ताले विद्युत खपत गरेवापतको मिटर रिडिङ बिल र महशुल बुझाएको बिलको भाषा  अधिकांशले बुझ्नै नसकेको गुनासो पाइएको छ। बिलको भाषा अंग्रेजीमा  हुँदा सामान्य लेखपढ गर्न मात्र  जान्नेका लागि समस्या हुनु त स्वाभाविक नै छ तर कतिपय शिक्षितले समेत प्राविधिक शब्द र बिलको ढाँचाका कारण आफूहरू अन्योलमा परेको बताएका छन् ।

प्राधिकरणबाट मिटर रिडिङ हुने समयमा पनि एकरुपता देखिदैन ।कतिपय जिल्लामा मासिकरूपमा मिटर रिडिङ हुने र कतिपयमा त्रैमासिक रूपमा हुने गरेको देखिन्छ ।अर्को तर्फ मिटर रिडरले रिडिङ बिल मिटर बक्स आसपासमा वा घरको ढोका आदिमा मिल्क्याएर हिड्ने चलनप्रति पनि धेरैको दुखेसो पाइन्छ ।त्यसरी फ्याकिएको बिल उपभोक्ताले नदेख्ने ,विल हावाले उडाएर लैजाने र बिल भुक्तानी समय गुज्रेर हर्जाना तिर्नुपर्दा आफूहरू थप मारमा परेको कुरा समेत बताएका छन् ।

स्याङ्जामा त्रैमासिक रूपमा मिटर रिडिङ हुने गरेको र रिडिङ विलमा पहिलो तीन महिनामा गरिएको खपतका आधारमा उपभोग गर्न बाँकी नै रहेको २ महिनाको महशुल अग्रिम  तिर्नु पर्ने र रिडिङ गरेको मितिले तोकिएको अवधिभित्र रकम नतिर्दा उपभोग नगरेको उर्जा वापतको समेत हर्जाना तिर्नु परेको जनगुनासो पाइयो ।पोखरामा मासिक रूपमा रिडिङ हुने गरेको तर सर्भिस चार्जका नाममा एक सय पच्चीस रुपैयाँ लिने गरेको र उक्त चार्ज बढी भएको गुनासो पाइन्छ ।

विगत वर्षहरुमा नेपालको विद्युत् उत्पादन ,वितरण र ब्यवस्थापनका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिहरु हासिल भएका छन् ।त्यसैको परिणामस्वरूप देश अहिले लोडसेडिङ मुक्त भएको छ।

विद्युत् महसुल कम गरी १० युनिटसम्म खपत गर्नेलाई  निशुल्क गराउने र समग्रमा विद्युत् महशुल कम गराई विद्युत् खपत बढाउने योजना पनि अगाडि बढेको देखिन्छ ।यस्ता सराहनीय कदम हुँदै गर्दा आमउपभोक्ताले खेप्नुपरेको उपर्युक्त्त समस्याप्रति पनि  सम्बन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …