तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिन्धुपाल्चोकमा आएको भीषण बाढीका कारण निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

ठूलो बाढी आयोजनामा पनि पसेको आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिए । 

उनका अनुसार इलेक्ट्रोमेकानिकल सामान राख्ने साइटमा बाढी पसेको छ उनले भने,  ‘इलेक्ट्रोमेकानिकल सामान राख्ने साइटमा बाढी पसेको छ । विभिन्न मेसिनहरू बगाएको छ ।’

उनले थपे, ‘ठाडो खोल्साखोल्सीबाट अहिलेसम्म नआएको बाढी आयो । हाम्रो आयोजनामा ठूलो क्षति पुर्‍याएको छ  । हामी आयोजनामा जान सक्ने स्थिति छैन । पारिबाटै फर्कियौं ।’

उनले ठूलो मात्रामा क्षति भएको बताउँदै विवरण भने आइनसकेको जानकारी दिए । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …