तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि मुलुकका धेरै भागमा भारी वर्षा हुने प्रक्षेपण गर्दै सम्भावित बाढीबाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले बुधबारदेखि नै कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पानीको बहाब बढ्दै जाने अनुमान गरेको छ ।

कन्काई, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना, कान्द्रालगायत नदीका केही स–साना सहायक नदीमा भने आकस्मिक बहाब हुन सक्ने महाशाखाले जनाएको छ । भारी वर्षाका कारण बिहीबारदेखि देशभरका नदीको बहाब बढ्ने आकलन गरिएको छ ।

२६ देखि २९ गतेसम्म कन्काई, कोसी, कमला, वाग्मती, नारायणी र तिनका सहायक नदीमा पानीको बहाब बढ्ने महाशाखाको अनुमान छ । ती नदीमा पानीको सतह सतर्कता तहसम्म पुग्ने भएकाले सचेत हुन विशेषज्ञहरुले सजग गराएका छन् । यस्तै, कर्णाली, पश्चिम राप्ती, बबई र महाकाली नदीमा पनि पानीको सतह सामान्य बढ्ने अनुमान छ ।

महाशाखाका अनुसार बुधबारदेखि नै प्रदेश १, प्रदेश २, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको चुरे–तराईबाट बहने प्रायः सबै नदीमा पानीको बहाब सतर्कता तह आसपास पुग्ने सम्भावना छ

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …