तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी कांग्रेससँगको सम्बन्ध सुधार गर्ने प्रयत्न थालेका छन् । पार्टीमा आन्तरिक शक्ति संघर्षका कारण संकटमा पर्न थालेपछि प्रधानमन्त्री ओलीले कांग्रेससँग निकटता बढाएर जान चाहेका हुन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडानमा रहेका र त्यसैका कारण पार्टी विभाजित हुने अवस्था बनेमा कांग्रेससँगको साझेदारीमा सरकार सञ्‍चालन गर्नेसम्मको बारेमा छलफल भएको स्रोतको दाबी छ । औपचारिक रुपमा भने कांग्रेसँग सरकारको साझेदारी र ओलीलाई काँध थाप्ने कुरा नभएको नेताहरु बताउँछन् । 

सभापति देउवाले जारी केन्द्रीय कार्यसमिति बैठकमै ओलीसँग असार १७ गते र आइतबार नेता सुवास नेम्वाङसँगको भेटबारे संक्षिप्त जानकारी गराएका थिए । उनले आफूलाई भन्दा भेटको चाँजोपाँजो मिलाउने कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजाललाई बढी जानकारी भएको भन्दै भित्री कुरा भने खोल्न चाहेनन् ।

सत्ता गठबन्धनका खेलाडी मानिने देउवाले दुवै भेटलाई संवैधानिक आयोगको पदाधिकारीहरुको नियुक्तिसँग जोडेका छन् । उनले आफूनिकट नेताहरुसँग असार १७ गतेकै भेटमा आयोगका पदाधिकारी नियुक्तिको विषयमा सहमति जुटेको जानकारी गराएका थिए । नेम्वाङसँगको भेटमा संवैधानिक आयोगको नियुक्तिको विषयलाई जोड दिइएको छ ।

आइतबारको भेटमा सहभागी नेता रिजालले सरकार निर्माण, सरकारको साझेदारी, ओलीलाई समर्थन दिने जस्ता विषयमा छलफल नभएको दाबी गरे । ‘न अहिले नेकपा विभाजन भएको सूचना निर्वाचन आयोगमा पुगेको छ, न त संसदमा अविश्वास आएको छ,’ रिजालले भने, ‘संवैधानिक आयोगमा विगतमा प्रमुख प्रतिपक्ष दलको नेतालाई बाइपास गरिएर भएका नियुक्ति, आगामी दिनमा गरिने निर्णय र सत्तारुढ दलभित्रको क्राईसिसका बारेमा सामान्य छलफल भएका हुन् ।’

ओलीले कांग्रेससँग निकटता बढाउन खोज्नु आफ्नो पार्टीभित्र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहलाई दबाबमा राख्ने रणनीति हुनसक्ने आकलनसमेत गरिएको छ । जसलाई रिजालले पनि स्वीकारे । ‘नेकपाभित्रकै विवाद मिलाउनका लागि अर्को पक्षलाई दबाब दिनका लागि हुनसक्छ,’ रिजालले भने ।

नेकपा नेता सुवासचन्द्र नेम्वाङसँगको भेटमा सभापति देउवाले नेकपाभित्रको विवादमा आफू ओली र दाहाल कुनै पक्षतिर पनि देखिन नचाहेको बताएका थिए । ‘यो तपाईंहरुको आन्तरिक समस्या हो, म कुनै पक्षतिर पनि देखिन चाहन्न,’ देउवाको भनाइ उद्धृत गर्दै रिजालले भने ।

नेम्वाङले पनि आन्तरिक समस्या देखिए पनि मिलाउने प्रयास जारी रहेको जानकारी त्यस अवसरमा गराएका थिए

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …