तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको ६३ वर्षको उमेरमा बुधबार निधन भएको छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारका क्रममा बुधबार बिहान सांसद छन्त्यालको निधन भएको प्रमुख सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

छन्त्याल कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् ।

बागलुङको ढोरपाटन स्थायी घर भएकी छन्त्याल लामो समयदेखि महिला अधिकारका क्षेत्रमा लामो समयदेखि लड्दै आएकी थिइन् । उनी २०३६ सालमा सक्रिय राजनीतिमा प्रवेश गरेकी थिइन् ।

उनी नेपाली कांग्रेसको दशौं महाधिवेशनदेखि हालसम्म महाधिवेशन प्रतिनिधि थिइन् । त्यस्तै २०५९ सालदेखि २०७१ साल माघसम्म उनी नेपाल महिला संघ बागलुङको जिल्ला उपसभापतिको जिम्मेवारीमा थिइन् । उनी संसदको कृषि, सहकारी, पशुपन्छी तथा वातावरण समितिकी सदस्य पनि थिइन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …