तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ — कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्रीमा भएको अनियमितता ,ओम्नीको स्वास्थ्य सामग्री खरिद र १० अर्ब खर्च प्रकरणमा सदनदेखि सडकसम्म अनियमितता भएको भन्दै छानविनको माग उठ्दै आएको र  नेपाली सेनाले खरिद गरेको स्वास्थ्‍य सामग्री पनि बजार मूल्यभन्दा महंगो भएकाले अनियमितता भएको आशंका गर्ने ठाउँ भएकाले छानबिन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या विभागका सचिव लक्ष्मण अर्याल र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमन सिंहलाई बोलाएको छ ।

ओम्नी बिजनेस प्रालिले स्वास्थ्य सामग्री खरिदका कागजातको प्रारम्भिक अध्ययनबाट मन्त्रालय र विभागले ठेक्का दिने क्रममा प्रक्रिया नपुर्‍याएको, कानुनी अधिकार नभएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सम्झौता गर्ने जिम्मेवारी दिइएको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितताको छानबिन गर्ने क्रममा पहिलो चरणमा सचिव र महानिर्देशकलाई समितिको बैठकमा बोलाइएको हो ।

सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिदसम्बन्धि कागजात मन्त्रालय र विभागबाट मगाएर अध्ययन गरेपछि दुवैलाई बोलाउने निर्णय गरेको हो । ती कागजातबाट निस्केका निष्कर्ष समेटिएको संक्षिप्त प्रतिवेदन समितिमा रहेका सांसदहरूलाई वितरण गरिसकिएको छ । त्यसपछि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिलाई पनि बोलाइने तयारी भएको छ ।

लेखा समितिका सभापति भरत शाहले भोलिको बैठकमा ओम्नी ग्रुप र नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्रीमा भएको अनियमितताको विषय एजेण्डा रहेको जानकारी दिए। शाहका  अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले खर्च गरेको १० अर्बमा भएको अनियमितताको विषयमा पनि छलफल प्रारम्भ हुनेछ। 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …