तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाली सेनाले चीनको वुहानबाट ल्याइएका एक सय ७५ जनासहित चिकित्सक, सफाइकर्मी, एम्बुलेन्स टोली, विमानचालक सदस्य दलसमेत दुई सय दुईजनालाई दुई साता भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा खानामा मात्रै ५५ लाख एक हजार चार सय ३३ रुपैयाँ खर्च गरेको छ । उनीहरूलाई तीन प्रकारका मांसाहारी, शाकाहारीसहित चार छाक खुवाउन यो रकम खर्च भएको हो । सेनाले आफ्नो भोजका लागि जिम्मा दिएको कार्की क्याटरिङलाई यो रकम तिरेको छ ।

सेनाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार दैनिक चार छाक (ब्रेकफास्ट, लन्च, टिफिन र डिनर) का लागि प्रतिदिन भ्याटबाहेक प्रतिव्यक्ति एक हजार तीन सय पचास रुपैयाँमा सम्झौता गरेको थियो । अन्य क्याटरिङ अनिच्छुक भएका कारण सेनाले कार्की क्याटरिङलाई जिम्मा दिएको जिकिर गरेको छ । चीनबाट फर्किएका एक सय ७५ जना नेपाली विद्यार्थी, नेपाल वायु सेवा निगमका १८ (अठार) जना, चिकित्सक समूह, सफाइकर्मी तथा एम्बुलेन्स टोलीसहित गरी जम्मा नौ गरी दुई सय दुईजनाले दुई साता खाना खाएका थिए । उनीहरूलाई स्तरीय प्याकिङसहितको स्वस्थकर खाना खुवाउनका लागि चार प्रकारका मेनुअनुसारका खाना खुवाएको सेनाले जनाएको छ । क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका ३० जना सुरक्षाकर्मीलाई खाजाको व्यवस्था गरिएको थियो भने सोहीभित्रबाट पानी, कफी र चियाको छुट्टै प्रबन्ध गरिएको सेनाले जनाएको छ ।

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा ४ देखि २० फागुनसम्म राखिएको थियो । खरिपाटीमा क्वारेन्टाइन व्यवस्थापनका लागि सरकारले एक करोड २९ लाख रुपैयाँ विनियोजन गरेको र खानातर्फ मात्रै ५५ लाख एक हजार चार सय ३३ रुपैयाँ खर्च भएको हो । उनीहरूलाई औषधि तथा औषधिजन्य सामग्रीहरूतर्फ ७३ लाख ९८ हजार खर्च भएको सेनाले जनाएको छ । यसमध्ये औषधि खरिदमा मात्रै तीन लाख ३३ हजार १० रुपैयाँ, औषधिजन्य सामग्री खरिदमा ६३ लाख ३७ हजार चार सय ८१ रुपैयाँ खर्च भएको सेनाले जनाएको छ । बाँकी सात लाख २८ हजार ४८ रुपैयाँ कोष तथा लेखा नियन्त्रण कार्यालय सुन्धारामा मौज्दात रहेको सेनाले जनाएको छ । सेनाले खरिद गरेकोमध्ये तीन लाख १९ हजार आठ सय ३० रुपैयाँबराबरको औषधि स्टोरमा मौज्दात छ ।

६३ लाख ३७ हजार चार सय ८१ रुपैयाँमा खरिद भएको औषधि र औषधिजन्य सामग्रीहरूमध्ये २३ लाख ३० हजार पाँच सय ६२ रुपैयाँबराबरको औषधि र सामग्री स्टोरमा दाखिला भएको सेनाले जनाएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …