स्याङ्गजा । वालिङ्ग नगरपालिका नगर प्रमुख दिलीप प्रताप खाँणले हिन्दु धर्मावलम्बीहरूको माहान चाड बिजया दशमी तथा शुभ दीपावलीको पावन अबसरमा सम्पूर्ण देश बिदेशमा रहनु हुने समस्त नेपाली दाजु भाई दिदि बहिनि बुवा आमा तथा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरूलाई बिजया दशमीको शुभकामना ब्यक्त गर्दै स्वास्थ मापदन्ड अपनाइ दसैं मनाउन आग्रह गरेका छन ।
खाँणले शुभकामना सन्देश मार्फत संसारभरि रहेका सम्पूर्ण नेपालीहरुमा सुस्वास्थ्य एवम दिर्घायुको उत्तरोत्तर प्रगतिको समेत कामना गरेका छन ।
सन्देशमा विश्वव्यापी महामारी कोरोनाभाइरस कोभिड १९का कारण मानव जातिले नैं त्रासदीपूर्ण संकट झेलिरहेको अवस्थामा उच्च मनोबलका साथ सुरक्षित रही स्वास्थ मापदन्ड अपनाइ समाजीक दुरी कायम गरी दसैं मनाउन सम्पूर्ण नगरबासी लगायत देश बिदेशमा रहनु हुने समस्त नेपालीजनहरुलाई आग्रह गरेका छन ।
खाँणले कोरोनाको विश्वव्यापी महामारीको प्रभाव बढ्दै जाँदा सबै देश प्रभावित भएको अबव्थामा संक्रमणका कारण ज्यान गुमाउनु हुने सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै सक्रिय संक्रमितको शिघ्र स्वास्थलाभको कामना समेत गरेका छन् ।
खाँणले नेपाल सरकारले कोभिड -१९ को परिक्षण र संक्रमित नागरिकले उपचार समेत आफ्नै खर्चमा गर्नु पर्ने भनि गरेको निर्णयले सरकार जनताका प्रति सम्वेदनसील नदेखिएको यो अबस्थामा यस नगरपालिकाका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा नगरपालिकाले निःशुल्क गर्ने साथै आकस्मीक स्वास्थ सेवावाट स्थानीय सरकारले कोही कसैलाई भेदभाव नगरि सम्मानपूर्वक महामारीको सामना गर्ने बताएका छन् ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …