कञ्चनपुर भाद्र २८ गते ।लामो समयदेखि पारिश्रमिक नपाएपछि कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षक आन्दोलित भएका छन्।
निजी विद्यालयका सञ्चालकले लकडाउनको बहानामा शिक्षकको पारिश्रमिक नदिएको भन्दै आइतबार कञ्चनपुरको भीमदत्त नगरपालिकामा धर्ना दिएका छन्। पारिश्रमिकका लागि सम्बन्धित निकायसँग हारगुहार गरेपनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको शिक्षक नरेन्द्रसिंह भण्डारीले बताए ।
संस्थागत विद्यालयका शिक्षकहरुको संगठन संस्थागत विद्यालय शिक्षक युनियनले गत बिहीवार कञ्चनपुरको भीमदत्त नगरपालिकाको शिक्षा शाखामा लगाएको ताला नगरपालिकाले बिना जानकारी तोडेपछि शिक्षकले आइतबार भीमदत्त नगरपालिकाको मुल गेटमा धर्ना दिएको शिक्षक भण्डारीले बताए। ‘कोरोना भाइरसका कारण चैत्रदेखि विद्यालय बन्द त्योभन्दा अगाडि गत असोज देखिको तलब दिएको छैन,’ उनले भने।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …