खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नेपाली कांग्रेस विजयखर्क वडा कार्यसमितिले पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्र सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी एमाले परित्याग गरि २३, जना नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेको प्रदेश महाधिवेशन प्रतिनिधि तथा सहिद पुत्र पुरुषोत्तम खनालले जानकारी गराउनुभयो ।
नेपाली कांग्रेस विजयखर्क वडा समितिका सभापति सन्तोष राईको सभापतित्व र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा लोकगायक धर्मराज पोखरेलको सक्रियतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस खोटाङका सभापति बिष्णु कुुमार राईले देश, जनता र लोकतान्त्रिक मुल्य मान्यता प्रति पार्टीले लिएको चट्टानी अडानका कारण अहिले देशैभरि नेपाली कांग्रेसमा प्रवेश गर्ने लहर चलेको बताउनुभयो ।
पार्टीको महाधिवेशनमा आन्तरिक प्रतिष्प्रधा हुनु केवल प्रविधिक विषय भएकोले एकताबद्ध भएर संगठन निर्माण अभियानमा जुटेको बताउँदै सभापति राईले आगामी तीनै तहको निर्वाचनमा नेपाली कांग्रेस अत्यधिक मतका साथ विजय हासिल गर्ने कुरा स्पष्ट पार्नुभयो ।
त्यसैगरी कार्यक्रमका विशेष अतिथि जिल्ला विकास समितिका पूर्व सभापति तथा सामाजिक अभियान्ता रत्न राईले नेपाली कांग्रेसले २००७ सालदेखि नै ऐतिहासिक दायित्व निर्वाह गरेकोले अबका दिनमा एकताबद्ध भएर देशको सबै भन्दा ठूलो शत्रु अशिक्षा, बेरोजगारी र सामाजिक विभेदका विरुद्ध एकताबद्ध भएर जुट्न आह्वान गर्नुभयो ।
उनले आफू विगत देखि नै नेपाली कांग्रेसको योगदान र लोकतान्त्रिक चरित्रको प्रशंसक भएको कारण केही साथीहरूले मेरो चरित्र हत्या गर्दै कांग्रेससँग जोडेर अपव्याख्या गरेकोमा दुखेसो गर्नुभएको उपसभापति तीर्थराज भट्टराईले बताउनु भयो ।
उहाँले म राप्रपा भएपनि एक सच्चा राष्ट्रवादी, इमानदार र लोकतन्त्रवादी मानिस भएको नाताले कसले के भन्छ प्रवाह गर्दिन तर वीपी कोइरालाले देश, जनता र समाज विकासका लागि पुर्याउनु भएको योगदानको म प्रशंक भएको बताउँनु भयो ।
उक्त पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला उपसभापतिद्वय तीर्थराज भट्टराई, इवन राई, सचिव
ज्ञानेन्द्र जोशी, समीर राई, महाधिवेशन प्रतिनिधि धर्मराज पोखरेल, भिषण राई, क्षेत्रीय सभापति राजेन्द्र राई, दिनेश घिमिरे, नगर सभापति प्रकाश श्रेष्ठ, प्रदेश महाधिवेशन प्रतिनिधि गोपाल सैंजु, पुरुषोत्तम खनाल, तरुण दल उपसभापति काजिमान राई, पूर्व पार्टी जिल्ला सदस्य वालानन्द खनाल, नगर सहसचिव भुपेन्द्र खनाल लगायतको उपस्थित रहेको तरुण युवा सागर खनालले जानकारी दिनु भयो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …