अमेरिका। अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ । टेक्सासको अस्टिनमा बस्दै आएका पोखरा सराङकोटका रमेश थापाको मृत्यु भएको जनाइएको छ ।
अस्टिन प्रहरी विभागका अनुसार मध्यरात त्यहाँको स्थानीय आवसीय क्षेत्रमा थापालाई गोली हानिएको थियो । घटनापछि प्रहरीलाई खबर गरेका व्यक्तिले राति १२ः३० बजेतिर गोली चलेको जनाएका थिए ।
स्प्रिङ रोडस्थित कंकड अपार्डमेन्ट (आवासगृह) क्षेत्रमा मंगलबार राति गोली हानेर हत्या गरिएको त्यहाँको प्रहरीले जनाएको छ ।
थापा झन्डै ११ वर्षअघि मेक्सिको हुँदै अमेरिका पुगेका थिए । पछिल्लो समय अमेरिकामा एसियाली नागरिकमाथि आक्रामणका घटना बढिरहेको समयमा यो हत्या भएको हो ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …