म्यानमार । लोकतान्त्रिक सरकारलाई हटाएर सत्ता कब्जा गरेको म्यानमारको सैनिक शासकले फेसबुकमा रोक लगाएको छ ।
अनलाइन सूचना प्राप्तिका लागि सामाजिक सञ्जाल माध्यम बनेकाले देशमा स्थायित्व कायम राख्न फेसबुकमा रोक लगाइएको अधिकारीहरूले जनाएका छन् ।
सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउने गरेका थिए । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको हो ।
झन्डै साढे ५ करोड जनसंख्यामध्ये आधाले फेसबुक चलाउँछन् भने सैनिक ‘कु’विरुद्ध ऐक्यबद्धता जनाउन फेसबुक पेजै तयार पारिएको थियो ।
कुनै महँगो मोबाइल डाटा प्रयोग गर्न नपरोस् भनेर फेसबुकले म्यानमारमा बिनाकुनै अतिरिक्त डाटा शुल्क यसलाई प्रयोग गर्ने अनुमति दिएको छ ।
फेसबुकले सैन्य शासकद्वारा लगाइएका प्रतिबन्धको पुष्टि गर्दै त्यहाँका अधिकारीहरूलाई सम्पर्क पुनःस्थापना गर्न आग्रह गरेको छ ।
यसो गरे मात्र म्यानमारका जनताले साथीभाइ र परिवारसँग कुराकानी गर्न र महत्वपूर्ण सूचना पाउन सक्ने फेसबुकले जनाएको छ ।
म्यानमारका मुख्य सहर यंगुन र दोस्रो ठूलो सहर मांडलेमा पनि विरोध प्रदर्शन भइरहेका छन् । (बीबीसी)
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …