तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसिया शाखाको दोस्रो अधिवेशन जनवरी २५ तारीख हुने भएकोछ ।

बरिस्ठ पत्रकार, नेपाल टेलभिजनका कार्यकारी सम्पादक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघिय अध्यक्ष गजुरधन राईको उपस्थितिमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसिया शाखाको दोस्रो अधिवेशन मलेसिया क्वालालम्पुर स्थित होटल ग्रान्ड कन्टिनेन्टलमा दिउँसो २ बजे हुने अधिवेशन संयोजक अर्पण मगर “बुद्ध” जनाकारी गराए ।

कोभिडको महमारीको कारण नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसिया शाखाको अधिवेशन स्थगित भएको थियो । मलेसियाको वसाई अवधी सकाएर नेपाल आउन परे पनि संस्था प्रति धेरै माया भएको बर्तमान अध्यक्ष दिपक सुनाखरीले बताए । साथै अधिवेशन सफलताको शुभकामना ब्यक्त गरे ।

पत्रकारीता जगतको महत्त्वपूर्ण हिस्सेदार नेपाल आदिवासी जनजाति पत्रकार महासंघको शाखा मलेसियाको दोस्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बागमती अधिवेशन प्रतिनिधि सबिन लोप्चनले बताए ।

मलेसियामा रहेका सम्पुर्ण कृयाशिल नेपाली संघसंस्था प्रतिनिधि तथा श्रमिक दाजुभाइ दिदिबहिनीहरुलाई उपस्थितिको लागि आह्वान गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …