तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । थारु कल्याणकारिणी सभा केन्द्रिय समिति मलेसियाले तराई-मधेसको भुमिपुत्र नेपाली थारु समुदायको प्रमुख राष्ट्रिय पर्व माघीको अवसरमा शुभकामना कार्यक्रम आयोजना गर्ने तय भएको छ ।

माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम यहीँ मिति सन् २०२४ जनवरी १४ तारिख आईतवार क्वालालम्पुरमा अवस्थित गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको कार्यालय सभा हलमा आयोजना हुने तय भएको थाकस मलेसिया समितिका सभापति मनिराम चौधरीले बताए ।

शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित हुने नेपाली जनसमुदायको लागि थारु समुदायको संस्कृति झल्किने नृत्य प्रस्तुति को साथै थारु समुदायको प्रमुख परिकार घोङ्गी , बगिया , ढिकरी लगायत खानाको समेत ब्यवस्था गरिएको आयोजक संस्था थाकसका सभापति मनिराम चौधरीले बताए ।

साथै आईतवारको माघी शुभकामना आदानप्रदान कार्यक्रममा मलेसियामा रहनु भएका सम्पुर्ण नेपाली जनसमुदाय उपस्थित हुन मिल्ने सभापति चौधरीले बताए ।

थाकस मलेसियामा सन् २०१६ मा स्थापित एक जातीय सामाजिक संस्था हुन् । थाकस मलेसियाले आफ्नो स्थापना कालदेखि नै मलेसियामा रहेका पीडित नेपाली संगै नेपालमा समेत सक्दो आर्थिक भौतिक सहयोग गर्दै आईरहेका छ्न ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …