तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाले मलेसियाको मलका राज्यमा क्षेत्रीय संगठन गठन गरेको छ ।

आइतबार मलेसियाको मलका राज्य स्थित हिमालयन तन्दुरुस्त रेस्टुरेन्टमा भएको कार्यक्रमको सभा अध्यक्ष तमु पुन र प्रवासी मञ्च राष्ट्रिय कमिटी मलेसियाकाको अध्यक्ष दयाराम कुमालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेद प्रसाद भण्डारीको अध्यक्षतामा २५ सदस्य सहित प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको क्षेत्रीय गठन भएको छ ।

त्यस्तै कमिटीको उपाध्यक्ष ग्याबिन्द्र राई, र प्रेम बहादुर वली, सर्वसम्मत चयन भएका छन्। भने सचीव तमु बहादुर पुन, र सह-सचिवमा लेखनाथ बि.क. धनसिह घिसिङलाई चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा क्रमशः राम दास, इस्वरी सापकोटा, टेक बहादुर बुढा मगर, सुरज गुरुङ, षडानन्द सुबेदी, दिल बहादुर बि. क. लेखराज राना मगर, बिमल तामाङ, प्रकाश सुनार, शेर बहादुर राना, सरोज,टीकाराम बि.क., कृष्ण बहादुर श्रेष्ठ, दीपेन्द्र कुमार लामा, आकश तामाङ, चन्द्र बहादुर तामाङ, यमलाल बि.क., नर बहादुर बि. क. र सन्तोष बि.क. सर्वसम्मत चयन भएको प्रवासी नेपाली मञ्चका सचिब कृष्ण खड्काले जानकारी दिए ।

त्यस्तै प्रवासी नेपाली मञ्च मलेसियाले मलेसियाको विभिन्न राज्य पेनाङ, जोहोर र सेलाङगारमा क्षेत्रीय कमिटी गठन गरि सकेको मञ्चको सचीव कृष्न खड्काले बताए ।

 

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …