तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेपाली जनसम्पर्क समिति मलेसियाको नियमित बैठक आज आईतबार समितिका अध्यक्ष चोला कान्त पंगेनीको अध्यक्षतामा समितिको मलेसिया स्थित आफ्नै कार्यलयमा विभिन्न निर्णय गरि नियमित बैठक सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिति मलेसियाको आज बसेको बैठकले मलेसियाको रिक्त रहेको सह-कोषाध्यक्ष पदमा नेपाली जनसम्पर्क समिति मलेसियाका केन्द्रीय सदस्य इन्द्र भण्डारीलाई मनोनीत गरेका छन् ।

त्यसैगरी समितिले सातै वटा प्रदेश विभाग संयोजक पनि चयन गरेकोछ। जस्मा प्रदेश १ को संयोजकमा गोविन्द लिम्बू चयन भएका छन। भने मधेस प्रदेश संयोजकमा रामकुमार यादव, त्यसैगरी वागमती प्रदेश संयोजकको लागि धर्मराज थापालाई, गण्डकी प्रदेश संयोजक रुकेश गाहा मगर, लुम्बिनी प्रदेशको लागि रमेश भण्डारी, त्यस्तै कर्णाली प्रदेश संयोजकमा दिपेन्द्र शाही र सुदूरपश्चिम प्रदेश संयोजकमा टेकबहादुर टमटा चयन भएका हुन् ।

नव मनोनीत प्रदेश विभाग संयोजकहरुलाई नेपाली जनसम्पर्क समिति मलेसियामाका अध्यक्ष चोला कान्त पंगेनीले खादा लगाएर बधाई तथा शुभुकामना दिनुहुँदै सातै प्रदेश संग मलेसियास्थित सम्पर्क समितिलाई जोड्ने उदेश्यले प्रदेश बिभाग संयोजक चयन गरेको समितिका अध्यक्ष चोला कान्त पंगेनीले बताउनु भयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …