तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । वैदेशिक रोजगारीकि सिलसिलामा मलेसिया आएका सुनसरी सोनापुर १ का लुजाइ सरदारलाई आरटीएफसी (RTFC) फुटबल क्लबका अध्यक्ष तथा गैर आवासीय नेपाली संघ मलेसियाका युवा संयोजक राजु तामाङको विशेष पहलमा उद्दार गरेर स्वदेश फर्काएका छन्।

सरदार नेपाल देखि आफु आएको रोजगारदाता कम्पनी छोडेर
विगत ९ बर्षदेखि मलेसियामा अवैधानिक रुपमा काम गर्दै आएका थिए। उनले आफु बिरामी भएको र आफुलाई टिभी रोग लागेको बताउदै म नेपाल जान चाहन्छु। नेपालमा टिभीको उपचार गराउछु मलाई उद्दार गरि स्वदेश फर्काइदिनको लागि अनुरोध अपिल गरे पछि गैर आवसीय नेपाली संघ एनआरएनए मलेसियाका युवा संयोजक राजु तामको पहलमा शुक्रबार मलेसियाको समय अनुसार बेलुका ०६:१० मा मलेसियाको अन्तर्राष्ट्रिय विमानस्थलदेखि मालिन्डो एयरलाइन्समार्फत स्वदेश फर्काएको आरटीएफसीका अध्यक्ष तथा संयोक राजु तामाङले जानकारी गराएका छन् ।

सरदारलाई आरटीएफसी (RTFC) फुटबल क्लब मलेसियाको सदस्यहरु र क्लबका अध्यक्ष तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको युवा संयोजक समाजसेवी नेपाली व्यावसायी राजु तामाङको आर्थिक भौतिक सहयोग समन्वयमा स्वदेश फर्काइएको हो ।

उनलाई नेपाल फर्कनका लागि ट्राभल डकुमेन्ट लगायत सम्पूर्ण डकुमेन्टहरु र मलेसियामा अवैधानिक रुपमा काम गर्ने विदेशी कामदारहरुले स्वदेश फर्किदा मलेसियाको अध्यागमन इमिग्रेशनमा तिर्नुपर्ने जरिवाना २२०० मलेसियान रिंगेट आरटीएफसीका सदस्यहरुले संकलन गरेका थिए। भने बाकी सबै गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका युवा संयोजक राजु तामाङले दिएर सरदारलाई स्वदेश फर्का हुन् ।

आरटीएफसी फुटबल क्लबले मलेसियामा समस्यामा परेका पीडित नेपाली श्रमिक हुरुलाई भौतिक नैतिक आर्थिक सबै सहयोग गर्दै आएका छन्। गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका युवा संयोजक राजुु तामाङ आरटीएफसी (RTFC) फुटबल क्लबका अध्यक्ष पनि हुन्। उनी मलेसियामा असल व्यावसायीको रुपमा पनि परिचित छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …