तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कोरिया । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष एवम् एनआरएनए अध्यक्ष पदका प्रत्याशी उमेदवार महेश कुमार श्रेष्ठ, र एनआरएनए अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवम् एनआरएनए सचिव पदका प्रत्याशी उम्मेदवार कृष्ण जीबी पन्थलाई एनआरएनए एनसीसी कोरिया र नेपाली जनसम्पर्क समिति कोरिया लगायत कोरियाका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले कोरियाको एयरपोर्टमा पुगेर भब्य स्वागत गरेका छन् ।

श्रेष्ठ, र पन्थलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कोरियाका अध्यक्ष बुद्धि गुरुङ, एनआरएनए एनसीसी कोरियाका संस्थापक अध्यक्ष केपी सिटौलाले कोरियामा स्वागत गरेका छन् ।

त्यसैगरी नेपाली जनसम्पर्क समिति कोरियाका तर्फबाट समितिका अध्यक्ष भजिन्द्र क्षेत्री, अर्का समितिका पुर्व अध्यक्ष नवराज सिवाकोटी, उपाध्यक्ष लक्ष्मण दाहाल, पत्रकार महासंघ कोरियाका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्का, महासचिव वासुदेव भट्ट, त्यसैगरी सुदुरपश्चिम समाज कोरियाका अध्यक्ष सन्तोष सुवर्णकार, पर्वत समाजका अध्यक्ष दीपक केसी लगायतले एनआरएनए अध्यक्ष पदका उम्मेदवार महेश कुमार श्रेष्ठ, र अर्का उनका सचिव पदका प्रत्याशी उम्मेदवार कृष्ण जीबी पन्थलाइ दक्षिण कोरियाको एयरपोर्टमा खादालाएर भब्य स्वागत गरेका छन् ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व गैर आवासीय सम्मेलन यही १७ अक्टोबर देखि २० सम्म हुने भए पछि एनआरएनए अध्यक्ष पदका प्रत्याशी उम्मेदवार श्रेष्ठ र एनआरएनए सचिव पदका प्रत्याशी उम्मेदवार पन्थ एनआरएनए अभियानमा युरोपिय, मध्यपूर्व बहराइन, दुवाई, कतार, साउदी, कुवेत हुँदै एनआरएनए एनसीसी मलेसिया संग भेटघाट तथा छलफल सकेर कम्बोडिया हुँदै आज दक्षिण कोरिया पुगेका छन् ।


सोही भेटघाट क्रममा भोलि आइतबार गैर आवासी राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कोरियाका संग दिउसो २ बजे छाहारी रेष्टुरेन्ट, दोङदेमुनमा भेटघटा तथा अन्तरक्रिया कार्यक्रम गर्ने स्रोतले जनाएको छ ।

श्रेष्ठ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी २०२३-२०२५ कार्यकालका लागि अध्यक्ष पदका प्रत्याशी उम्मेदवार हुन्। भने पन्थ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को २०२३-२०२५ कार्यकालका लागि सचिव पदका प्रत्याशी उम्मेदवार हुन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११ औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएकोछ। गैर आवासीय विश्व सम्मेलनमा विश्वभरिका ८० देश भन्दा बडीका ४२ सय एनआरएनका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …