तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कम्बोडिया । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष एवम् एनआरएनए अध्यक्ष पदका प्रत्याशी उमेदवार महेश कुमार श्रेष्ठ, र एनआरएनए अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवम् एनआरएनए सचिव पदका प्रत्याशी उम्मेदवार कृष्ण जेबी पन्थलाई एनआरएनए एनसीसी कम्बोडियाले कम्बोडियामा भब्य स्वागत गरेका छन् ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औं महाधिवेशन हुने भए पछि एनआरएनए अध्यक्ष पदका प्रत्याशी उम्मेदवार श्रेष्ठ र एनआरएनए सचिव पदका प्रत्याशी उम्मेदवार पन्थ एनआरएनए अभियानमा युरोपियन मुलक मध्यपूर्व बहराइन, दुवाई, कतार, साउदी, कुवेत हुँदै एनआरएनए एनसीसी मलेसिया संग भेटघाट तथा छलफल सकेर आज कम्बोडिया पुगेका छन् ।

त्यसैगरी एनआरएनए एनसीसी कम्बोडिया संघ आज भेटघाट तथा छलफल गरेर भोलि बिहान ८ बजे एनआरएनए एनसीसी कोरिया संग भेटघाट तथा छलफल गर्ने एनआरएनए अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण पन्थले बताएका छन् ।

श्रेष्ठ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी २०२३-२०२५ कार्यकालका लागि अध्यक्ष पदका प्रत्याशी उम्मेदवार हुन्। भने पन्थ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को २०२३-२०२५ कार्यकालका लागि सचिव पदका प्रत्याशी उम्मेदवार हुन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११ औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएकोछ। गैर आवासीय विश्व सम्मेलनमा विश्वभरिका ८० देश भन्दा बडीका ४२ सय एनआरएनका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …