तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया। गैर आवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष एवम् एनआरएनए अध्यक्ष पदका प्रत्याशी उम्मेदवार महेश कुमार श्रेष्ठ र उनका टिमका सचिव पदका प्रत्याशी उम्मेदवार कृष्ण जेबी पन्त आज मलेसिया देखि मलेसियाको समय बेलुकाको ६ बजे छलफल तथा भेटघाटका लागि कम्बोडिया हुदै कोरिया जानु हुदैछ।

श्रेष्ठ र पन्त गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय आवासीय सम्मेलन यहीँ महीना अक्टोबर १७ देखि हुने भए पछि उनीहरु एनआरएनएको अभियनमा र विश्वभरिका नेपाली श्रमिकहरुको अवस्था बारे बुझ्न युरोपियन मुलुक र मध्यपूर्व बहराइन, दुबई, कतार, साउदी, कुवेत हुदै हिजो मलेसिया आउनु भएको थियो ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद (एनआरएनए) मलेसिया संघ भेटघाट तथा छलफल सकेर आज मलेसिया देखि कम्बोडियाका एनआरएनए एनसीसी संग भेटघाट तथा छलफल गर्ने र भोली एनआरएनए एनसीसी कोरिया संग कोरियाको समय अनुसार बिहान ८ बजे भेटघाट तथा छलफल गर्ने एनआरएनए सचिव पतका प्रत्याशी उम्मेदवार कृष्ण जेबी पन्तले जानकारी गराएका छन् ।

उक्त एनआरएनए एनसीसी मलेसिया संगको भेट घाटमा कार्यक्रममा एनआरएनए मलेसियाले स्थापना गरेको सेल्टर हाउस व्यवस्थापनको लागि व्यक्तिगत ५ लाख दिने एनआरएनए उपाध्यक्ष तथा एनआरएनएका अध्यक्ष पदका उम्मेदवार श्रेष्ठले घोषणा गर्नुभएको छ। भने उनले मलेसिया भ्रमण आउने क्रममा मलेसियामा नेपाली श्रमिक हरुको धेरै समस्या देखिएको र मलेसियामा रेहेको श्रमिक हरुको समस्याका लागि आफु आफु अध्यक्षमा निर्वाचित भएमा केन्द्रबाट १० करोड केन्द्रको श्रमिक कल्याण कोषबाट एनआरएनए एनसीसी मलेसियालाई उपलब्ध गराउने प्रतिबद्धता जायर गरेका छन् ।

त्यस्तै आफुलाई एनआरएनए अध्यक्षमा जिताउन सम्पूर्ण गैर आवासीय नेपाली दिदीबहिनी तथा दाजुभाइ डेलिगेट्सहरुलाई हार्दिक सादार अनुरोध पनि गर्नुभएको छ ।

श्रेष्ठ विगत ३० वर्ष देखि जापानलाई कर्मभुमि बनाएर बस्दै आएका श्रेष्ठ एनआरएनए स्थापना देखिनै एनआरएनए अभियानमा लागेर एनआरएन आसीसी सदस्य, कोषाध्यक्ष हुदै आसीसी उपाध्यक्ष पद समालिरहनु भएको छ। भने एनआरएनए सचिव पदको उम्मेदवार कृष्ण जेबी पन्त गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष पद समालि सकेका पन्त एनआरएनए को आगामी २०२३-२०२५ कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिएका हुन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११ औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ आगामी महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …