तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष महेश कुमार श्रेष्ठ, एनआरएनए अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष बेजी पन्त बिच र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिष एनआरएनए मलेसियाको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद (एनआरएनए) मलेसियाका अध्यक्ष बिनोद थापाको सभापतित्वमा र गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष महेश कुमार श्रेष्ठ, र गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद (एनआरएनए) अमेरिकाका निवर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण जेबी पन्तको बिशेष उपस्थितिमा आज एनआरएनए मलेसियाको कार्यलयको सभा हलमा भेटघाट तथा छलफल कार्यक्रम भएका छन् ।

उक्त भेटघाट कार्यक्रम एनआरएनए एनसीसी मलेसियाका र मलेसियामा रहेका श्रमिक समस्याको बरेमा साथै गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद बारेमा निकै लामो छलफल भएको थियो। भने कार्यक्रममा सहभागीहरुले आफ्नो आफ्नो सुझाव सहितको धारणा राखेका थिए ।

श्रेष्ठ गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को आगामी २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदका प्रत्याशी उम्मेदवार हुन्। भने कृष्ण जेबी पन्त गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनएका सचिव पदको प्रत्याशी उम्मेदवारी हुन् ।

उनी विगत २० औं बर्ष देखि एनआरएनएको अभियानमा लगेको श्रेष्ठ एनआरएनए आइसीसी सदस्य र कोषाध्यक्ष हुदै आइसीसीका उपाध्यक्ष पद समालिरहेका छन्। भने कृष्ण जेबी पन्तले एनआरएनए एनसीसी आमेरिकाका उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष समालिसकेका छन् ।

भेटघाट कार्यक्रममा एनआरएनए उपाध्यक्ष पदका उम्मेदवार खग्रेन्द्र न्यौपाने, एसिया प्यासिफिक क्षेत्र संयोजकका उम्मेदवार हरिप्रसाद भट्टराई, एनआरएनए एनसीसी मलेसियाका बरिस्ठ उपाध्यक्ष दिल केरुङ्ग लिम्बू, संघका उपाध्यक्ष हेमराज साप्कोटा, एनआरएनए एनसीसी मलेसियाका पर्व वरिष्ठ उपाध्यक्ष सुन्दर आले, एनआरएनए आइसीसी सदस्य सन्तोष कार्की, सन्तोष रिजाल, त्यसैगरी संघका महासचिव टिकाराम अधिकारी, सचिव बिष्णु प्रसाद बराल, र एनआरएनए एनसीसी मलेसियाका महिला संयोजक इन्दु बस्ने (क्षेत्री) लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाली जनसम्पर्क समिति मलेसियाको तर्फबाट समितिका अध्यक्ष चोलाकान्त पंगेनी, उपाध्यक्ष कमल प्रसाद गौतम, कर्का उपाध्यक्ष टेक बहादुर टमाट, समितिका महामन्त्री हरि प्रसाद कोइराला, सदस्य तेजकुमार राई, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष बिपिन राई, उपाध्यक्ष पदमराज लिम्बू लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि व्यापार व्यावसायिहरुको समेत उपस्थिति रहेको थियो ।

त्यस्तै उक्त भटेघाट तथा छलफलमा सहभागी सबैले एनआरएनए अध्यक्षका प्रत्याशी उम्मेदवार महेश कुमार श्रेष्ठ, अर्का एनआरएनए सचिवका प्रत्याशी उम्मेदवार कृष्ण जेबी पन्त, त्यस्तै एनआरएनए उपाध्यक्ष उम्मेदवार खग्रेन्द न्यौपाने, र एसिया प्यासिफिक क्षेत्र संयोजकका उम्मेदवारीहरुलाई सुझाव सहित जितको शुभकामना दिएका थिए ।

गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११ औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …