तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

साउदी । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औं महाधिवेशनमा राजेन्द्र अर्याल पुनएनआरएनए मध्यपूर्व संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए आइसीसीको ११ औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन अक्टोबर १७ देखि २० अक्टोबर अर्थात असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएकोछ ।

विगत लामो समय देखि साउदीलाई कर्मथलो बनाएर सामाजिक काममा लागेका अर्याल एनआरएनए एनसीसी साउदीको स्थापना देखी एनआरएनएमा आवद्ध भएर एनआरएनए मध्यपूर्वको संयोजक समेत भैसकेका उनले पुन उम्मेदवारीको घोषणा गरेका हुन ।

उनले आफुलाई गैरआवासीय नेपाली संघले आवश्यकता अनुसार दिएको जिम्मेवारी २०२१-२०२३ कार्यकाल इमानदारीपूर्वक सफल रहेको र एनआरएनए अभियानका साथीहरूसंग सहकार्य निकै सौहार्दपूर्ण रहेको बताउदै यो अवसर दिनुभएकोमा गैरआवासीय नेपाली संघका सम्पूर्ण पदाधिकारी, पन्जिकृत सदस्यहरु प्रति कृतज्ञता ज्ञापन गर्दै पुन निरन्तर गर्ने घोषणा गरेका छन् ।

आफ्नो नेतृत्वमा मध्यपूर्व क्षेत्रमा थालनी गरेको र केही नयाँ शुरुआत गर्नुपर्ने कार्यहरुलाई निरंतरता दिनु पर्ने आवश्यकता महसुस गरि यहाँहरुको मार्गदर्शनलाई मनन गर्दै बिगतमा झैँ यहाँहरुको साथ सहयोग र समर्थन प्राप्त हुने विश्वासका साथ पुनः आगामी कार्यकाल २०२३-२०२५ का लागि उल्लेखित प्रतिबद्धता सहित मध्य पूर्व संयोजकको पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

अर्यालले गरेको घोषणा पत्र जस्ताको त्यस्तै :

१) राहत तथा उद्वार कार्यमा सदैव तत्पर रहँदै स्वदेश फर्कने नेपालीहरुलाई पुन:स्थापनाको लागि नेपाल सरकार र सरोकारवाला संग समन्वय गर्नेछु।

२) बैदेशिक रोजगार ऐन २०६४ लाई पूर्ण रुपमा कार्यान्वयन गर्न/गराउन सरोकारवालाहरु संग पहल गर्नेछु।

३) सामाजिक सुरक्षा कोषमा आबद्ध हुनलाई सम्पूर्ण आप्रवासी नेपालीहरुलाई सहजीकरण गर्नेछु।

४) अन्य सामाजिक संघ/संस्था संग मिलेर सहकार्य गर्नेछु।
५) अन्तर्राष्ट्रिय समन्वय परिषद र मध्यपूर्वका एन सि सि हरु संग सहकार्य गरेर कार्य योजना बनाई कार्यदिशा तय गर्नेछु।

६) मध्यपूर्वबाट पर्यटकहरुलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्न पर्यटन प्रबर्द्धनका कार्यक्रमहरुको आयोजना गर्नेछु।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …