तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय परिषद (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलन नजिकिए संगै एनआरएनए आइसीसीको नेतृत्वका विषयमा एनआरएनए एनसीसी मलेसियाका साथीहरू संग भेटघाट तथा छलफलगर्नका लागि महेश कुमार श्रेष्ठ मलेसिया आउन लागेका हुन ।

स्रोतको अनुसार श्रेष्ठ गैरआवासीय अभियानमा एसिया प्यासिफिक र मध्यपूर्व क्षेत्रमा बस्ने एनआरएनए अभियन्ताहरु संग आफ्नो पक्षमा समर्थनमा जुटाउन, आगामी योजना, अध्यक्षका रूपमा अगाडि सार्नुपर्ने भावी कार्यक्रमको बारेमा सल्लाह र सुझाव लिन श्रेष्ठ र सुवेदी भ्रमणमा निस्केका जनाएको छन् ।

उनले सामाजिक संजालमा भनेका छन् म र वुद्धी सुवेदी लगायत केही साथीहरू केही दिनका लागि मध्यपूर्व र एसियाका देशहरूमा हुने छौ। तपाई सबै साथीहरू संग भेटघाट एवं छलफल गर्ने तीव्र ईच्छा, आशा एवं विश्वास लिएको जनाएको छ ।

विगत लामो समय २०/२२ औं बर्ष देखि एनआरएनएको अभियानमा लगेको श्रेष्ठ एनआरएनए आइसीसी सदस्य र कोषाध्यक्ष हुदै आइसीसीका उपाध्यक्ष पद समालिरहेका महेश कुमार श्रेष्ठले आगामी २०२३-२०२५ कार्यकालका लागि एनआरएनए आसीसीको अध्यक्ष पदमा उम्मेदवारी दिने भएाका हुन ।

उनले गैर आवासीय संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनएको आगामी २०२३- २०२५ नयाँ नेतृत्वका लागि गत भदौ २९ गते ललितपुर स्थित हिमालय होटलमा एक कार्यक्रमको समारोह बिच एनआरएनए आइसीसीको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ ।

श्रेष्ठले एनआरएनए आइसीसीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरे संगै आफ्नो टीम थप शसक्त र बलियो बनाउँ विभिन्न देशका एनआरएनए अभियानका अग्रजहरु संग भेटघाट तथा छलफलमा जुटिरहेकोछ। भने सोही क्रममा एसिया प्यासिफिक र मध्यपूर्व भ्रमणमा निस्केका हुन् ।

श्रेष्ठको भ्रमण तालिका अनुसार २८ र २९ सेप्टेम्बरमा बहराइन रहने बहराइन देखि ३० तारीख युएइ जाने र १ अक्टोवरमा कतारका एनआरएनएका साथीहरू संग भेटघाट गर्ने लगतै २ अक्टोबर कुवेतमा रहने र ३ तारिख दक्षिण कोरिया हुदै अक्टोबर ४ तारिख मलेसिया आउने जनाएको छ ।

त्यसैगरी अक्टोबर ५ तारिख मलेसिया देखि थाइल्याण्ड र ६ तारिख तारीख कम्बोडिया पुग्ने कार्यतालिका रहेकोछ। भने गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) को ११ औं महाधिवेशन तथा गैर आवासीय विश्व सम्मेलन यहीँ आगामी महिना अक्टोबरको १७ देखि २० अक्टोबर सम्म असोज ३० गते देखि कार्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …