तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका कार्यकारी अध्यक्ष डा. बद्री केसी र एनआरएनए आइसीसीका युवा उपाध्यक्ष रोशन थापालाई एआरएनए एनसीसी मलेसियाले मलेसियामा भब्य स्वागत गरेको छ ।

केसी र थापा गैर आसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी महिना अक्टोबरमा संघको ११ औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय आवासीय सम्मेलन हुने भएपछि उनीहरु एनआरएनए एनसीसी मलेसिया संग भेेटघाट तथा छलफलका लागि शनिबार मलेसिया आएका हुन् ।

केसी आगामी २०२३-२०२५ कार्यकालको लागि एनआरएनए आइसीसी अध्यक्ष पदको प्रत्याशी उम्मेदवारी हुन्। भने थापा एनआरएनए आइसीसीको युवा उपाध्यक्ष पदका लागि प्रत्याशी उमेदवारी हुन् ।

उनीहरु दुवै जनालाई मलेसिया आउने क्रममा मलेसियाको एयरपोर्टदेखि नै एनआरएनए एनसीसी मलेसियाले डा. बद्री केसी र रोशन थापालाई एनआरएनए एनसीसी मलेसियाको आफ्नो कार्यालयमा लाएर भब्य स्वागत गरिएको एनआरएनए एनसीसी मलेसियाका उपाध्यक्ष रन्जित क्षेत्रीले बताए ।

उक्त एनआरएनए एनसीसी मलेसिया संगको भेेटघाट तथा छलफल कार्यक्रममा एनसीसी मलेसियाका सस्थापक अध्यक्ष शंकर बहादुर पौडेल, बर्तमान एआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, बरिष्ठ उपाध्यक्ष इन्द्र नारायण लिम्बु, त्यस्तै प्रथम उपाध्यक्ष राकेश महतो, उपाध्यक्ष हेमराज सापकोटा त्यसैगरी संघका अर्का उपाध्यक्ष रन्जीत क्षेत्री, दिल कुमार केरुङ र संघका महासचिव टिकाराम अधिकारीको उपस्थित रहेको थियो ।

त्यस्तै कार्यक्रममा संघको कोषाध्यक्ष बलध्वज लिम्बु, युवा संयोजक राजु तामाङ, सदस्य शेर बहादुर गुरुङ, बिजय मण्डल, त्यसैगरी आईसीसी सदस्य नेत्र केसी, अनुमोदन गरिएका आईसीसी सदस्य संतोष कार्की, र राजनीतिक दलका प्रवासी नेपाली राष्ट्रिय मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, प्रवाशी नेपाली एकता समाज मलेशियाका अध्यक्ष योगेन्द्र कुवर, पीएनसीसीका संयोजक मक्षेन्द्र चापागाई, लगायत मलेसियामा रहेका क्रियाशील मिडिया कर्मी मलाया खबर मलेशियाका घनेश्याम चौधरी र, बारा दैनिकका कृष्ण गुप्ता सहितको उपस्थित रहेका थिए ।

विगत लामो समय देखि गैर आवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा लागेका केसी एनआरएनए आसीसीका कार्यकारी अध्यक्ष समालीरहेका केसी (ILO) को प्रमुख रहदा मलेसियालाई ठुलो सहयोग गरेको र आगामी दिनहरुमा पनि यस्तै सहयोग पुर्याउने बाचा सहित बिशेष भेटघाट तथा छलफल सम्पन्न भएको एनआरएनए मलेसियाको स्रोतले जनाएको छन् ।

त्यसैगरी उक्त भेेटघाट कार्यक्रममा केसी संग मलेसिया आउनुभएको रोशन थापाले आफु पुन एनआरएनए आइसीसीको युवा उपाध्यक्षमा दोहोरीने बताएका छन् ।

थापाले आफुलाई युवा उपाध्यक्षमा दोहोर्‍याउन धेरै एनआरएनए अभियन्ताहरु सकारात्मक देखिएपछि आफ्नो एनआरएनए आइसीसीको युवा उपाध्यक्षमा दोहोरीने इच्छा जगेको र आफुलाई एनआरएनएका अग्रज अभियान्ताहरुले साथसयोग गर्ने प्रतिबद्धता पनि दिएको बताएका छन् ।

थापा एनआरएनए ताम्जिनियाको दुई कार्यकाल अध्यक्ष समाल्दै उनले एनआरएनए अफ्रिकी क्षेत्रको संयोजक हुदै एनआरएनए आइसीसी युवा उपाध्यक्ष समालि सकेका थाापा पुन एनआरएनएको युवा उपाध्यक्षमा दोहोरी भएका हुन् ।

विगत लामो समयदेखि जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाएर बसदै आएको थापा सामाजिक काममा लाग्दै अहिले सफल व्यावसायी बन्न सफल भएका छन। दुइ दशक अघि अध्ययनका लागि जापान पुगेका थापा उनले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गरिसेका छन् ।

उनले जापानमा अटो मोबाइल रियलस्टेट, र इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गरेका छन्। भने नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी रहेकोछ ।

उनीहरु एनआरएनए एनसीसी मलेसिया संगको भेेटघाट तथा छलफल संगै हङकङ हुदै जापान लगायत विभिन्न देशहरुमा भ्रमणको लागी जाने तय भएको बताएको छ ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …