तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

मलेसिया । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाले मलेसियाको पेनाङ्ग राज्यमा पुर्नगठन गरेको छ ।

गत सेप्टेम्बर १७ तारिख पेनाङ्ग राज्यका ईन्चार्ज तथा केन्द्रीय सदस्य राधिका क्षेत्रीको सभापतित्वमा र प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका केन्द्रीय अध्यक्ष दयाराम कुमालको प्रमुख अतिथीमा सम्पन्न भएको क्षेत्रीय संगठन बिस्तार कार्यक्रमले अध्यक्षमा पशुपति देवकोटा सहित १३ जनाको नयाँ कमिटी पुर्नगठन गरेका छन् ।

त्यस्तै कमिटीको उपाध्यक्षमा पुर्ण बहादुर वली सर्वसम्मत चयन भएका छन्। भने सचीवमा प्रेम प्रसाद खनाल, र सह-सचीवमा निराजन देबकोटा सर्वसम्मत चयन भएका हुन् ।

त्यसैगरी कमिटीको सदस्य हरुमा क्रमशः गोबिन्द थापा, आकस श्रेष्ठ, सुवेदी, सुजता राई, कल्पना दर्जी, कोपिला राई, ग्यानीमाया वाइबा, रन्जीता लोप्चन, सीता रानालाई सर्वसम्मत चयन गरिएको केन्द्रीय कमिटीका सचिव कृष्ण खड्काले बताए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीका केन्द्रीय अध्यक्ष दयाराम कुमालले नवगठित पदाधिकारी हरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउदै बधाई तथा शुभुकामना दिदै यस पेनाङ्ग राज्य कमिटीले प्रवासमा रहेका नेपाली श्रमजीवीको पक्षमा अग्रपंक्तिमा रहेर आवाज उठाउन सकोस् भनि शुभकामना व्यक्त गरेका थिए ।

यस्तै पुनगर्ठन कमिटीले संविधानसभाका अध्यक्ष एवं तथा पुर्सव भामुख एवम् प्रतिनिधि सभा सदस्य, नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको र यस दु:खद घडीमा शोकसन्तप्त परिवारजन साथै शुभेच्छुकप्रति समवेदना प्रकट गर्दै नेम्वाङको फोटोमा माल्यार्पण समेत गरेको थियो ।

प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाका केन्द्रीय अध्यक्ष दयाराम कुमालको प्रमुख अतिथी रहेकाको क्षेत्रीय संगठन विस्तार कार्यक्रममा प्रवासी नेपाली मञ्च मलेसियाका केन्द्रीय सदस्य राजकुमार श्रेष्ठ, एनआरएनए मलेसियाका केन्द्रीय सदस्य राजु श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …