• शुक्रबार, फाल्गुण-२६,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा । एनआरएनए युवा क्यानाडा र NCSBC ले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि भ्यानकुभर, क्यानडामा हिन्दू बुद्धिष्ट फाउन्डेसन अफ क्यानडा (HBFC) (12351 Winram Road, Surre B.C) मा फूड बैंकको स्थापना गरेको छ।

एनआरएनए युवा कमिटी र NCSBC को सयुक्त आयोजमा २९ जनवरी, २०२३ मा स्थापना  सँगै  भएको कार्यक्रममा ६० जना भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई स्वागत गर्दै  आधारभूत खानाहरू (चामल, दाल, बेसार, तेल, जीरा र नुन) वितरण गरेको एनआरएनए युवा संयोजक सुरज बर्तौलाले जानकारी  दिए ।  

कार्यक्रममा एनआरएनए युवा संयोजक बर्तौलाले नयाँ आगन्तुकको मद्दत गर्न र परिवारको रूपमा हाम्रो समुदायमा स्वागत गर्न पाएकोमा खुसी ब्यक्त गर्दै आफ्नो तर्फबाट क्यानाडीयन डलर  ५०१ जस्को नेपाली रुपैयाँ ५० हजार संघको खतामा सहयोग गरेका छन । त्यस्तै एनआरएनए बिसीका युवा संयोजक विष्णु पौडेलले क्यानाडीयन डलर  ५०१ जस्को नेपाली रुपैयाँ ५० हजार, एनआरएनए राष्ट्रिय समन्वय समितिका सदस्य राजु भट्टराईले क्यानाडीयन डलर  ५०१ जस्को नेपाली रुपैयाँ ५० हजार सहयोग गरेका छन । 

कार्यक्रममा एनआरएनए युवा संयोजक बर्तौलाले HBFC बोर्ड निर्देशक , NCSBC सचिव कुमार केसी र उपाध्यक्ष प्रतिमा पराजुली लाई विशेष धन्यवाद दिदै क्यानाडामा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई यो अभियानमा सहयोग गर्न अपिल गर्दै आगामी फेब्रुअरी १८ मा पुन:  अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि आधारभूत खानाहरू बितरण गरिने जनाएका छन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …