तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव २२ अङ्कले उकालो लागेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ अङ्कले उकालो लागेर तीन सय ६६ दशमलव ६५ मा पुगेको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

कारोबार भएका कम्पनीमध्ये एक सय ५२ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । त्यस्तै, ४६ कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने १३ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आजको कारोबारमा ३० लाख २२ हजार ५२ कित्ता शेयर रु ९३ करोड आठ लाख ३९ हजार नौ सय एक मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु छ करोड ३८ लाख ३७ हजार दुई सय १८ बराबर को शेयर खरिद बिक्री भएका छन् ।

त्यस्तै, सिभिल बैंक रु चार करोड तीन लाख ७० हजार तीन सय २८, हिमालयन डिस्टिलरी रु तीन करोड ८२ लाख ५९ हजार चार सय आठ, नबिल बैंक रु तीन करोड ३६ लाख ९२ हजार दुई सय ५१ र फरवार्ड माइक्रोफाइनान्स कम्पनीको रु दुई करोड ८२ लाख १९ हजार आठ सय १८ बराबरको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा आधीखोला लघुवित्त, सिर्जनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसबाहेक सिवाइसिएल लघुवित्त सात दशमलव ६२ र मन्दाकिनी हाइड्रोपावरको शेयर मूल्य चार दशमलव ७१ प्रतिशतले बढेको छ ।

त्यस्तै, सनराइज ब्ल्यूचिप फण्डको चार दशमलव ६७, गरिमा विकास बैंकको ऋणपत्र तीन दशमलव ९४, फरवार्ड माइक्रोफाइनान्सको दुई दशमलव ५१, लिवर्टी इनर्जीको दुई दशमलव ३९ र महालक्ष्मी विकास बैंकको शेयर मूल्य दुई दशमलव २७ प्रतिशतले घटेको छ ।रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …