तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिन्धुपाल्चोक। कोभिड–१९ सङ्क्रमणको कारण देखाउँदै चीनले नेपालसँग जोडिएका भन्सार नाकाहरू बन्द गरेपछि सयौँ कन्टेनर सामान चीनतिरै अड्किएका छन् ।

नाका खुल्नेबारे नेपाल पक्षले कुनै जानकारी नपाउँदा दशैँलाई लक्षित गर्दै ल्याइएका सामान दशैँअघि नेपाल आउने सम्भावना कमजोर भएको छ । अर्कोतिर फलफूल कुहिने अवस्था बनेको छ । 

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजकुमार बस्नेतले उत्तरी नाका भएर चाडपर्व लक्षित सामान दशैँअघि आउन अब असम्भव रहेको बताउनुभयो । 

लकडाउनका कारण तिब्बत क्षेत्रमा रोकिएका ५० भन्दा बढी कन्टेनरका स्याउ कुहिन थालेको पनि उहाँले जानकारी दिनुभयो । नेपालमा स्याउ आयात गर्ने सबै व्यापारी चिनियाँ भएकाले उनीहरूले नै चीन सरकारलाई सुरक्षा सावधानी अपनाएर उत्तरी नाका खुलाउन दबाब दिइरहेको उहाँले बताउनुभयो । 

लकडाउनका कारण २ सयभन्दा बढी केरुङ र एक सयभन्दा बढी खासामा, ३० मिम्बु, सिगात्सेमा २५, ल्हासा क्षेत्रमा केही मालवाहक कन्टेनर रोकिएको अवस्था छ । आयात रोकिएपछि बजारमा उधारो सामान रहेको, बैङ्कले ऋण दिन छाडेको जस्ता गुनासा व्यापारीहरूले गर्न थालेका छन् ।  

व्यापारीले समस्या भोगे पनि नाका कहिले खुल्छ भन्ने अन्योल भने बाँकी नै छ । चीनले खासा, न्यालम, सिगात्सेलगायतका क्षेत्रमा कोभिड सङ्क्रमणको कारण देखाउँदै साउन २५ गतेयता नाका बन्द गर्दै आएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतम भने चीनले नाका बन्द गरेको भन्न नमिले पनि सामान आयातमा रोक लागेको बताउनुभयो । 

उहाँका अनुसार अहिले पनि चीनका विभिन्न क्षेत्रमा कोभिड सङ्क्रमण बढिरहेको लकडाउन जारी गर्नुपरेको भनाइ चिनियाँ पक्षबाट आएको बताउनुभयो । चिनियाँ क्षेत्रमा कोभिड सङ्क्रमण हट्ने बित्तिकै चीनबाट सामान आयात हुने चिनियाँ समकक्षीबाट जवाफ आएको उहाँले जानकारी दिनुभयो । लकडाउन भएपछि खासा भन्सारका सबै कर्मचारी आइसोलेसनमा बसेको र तातोपानी नाका कहिले खुल्छ भन्न सकिने अवस्था नरहेको गौतमको भनाइ छ ।

नाका नखुलेका कारण व्यापारी, व्यवसायी, कन्टेनर चालक, सहचालक, लोड अनलोड गर्ने श्रमिक घर फर्केका छन् । दुई देशबीच व्यापारिक कारोबार नहुँदा नाका सुनसान छ । स्थानीय आर्थिक गतिविधि ठप्प छ । साउन २५ अघि भन्सार कार्यालयमा भित्रिएका पाँच सय मेट्रिक टन रासायनिक मल, मेडिकल मास्क, रोल कपडा भन्सार गोदाममा थन्किरहेको गौतमले जानकारी दिनुभएको छ । 

नाका खुलाउनका लागि कूटनीतिक पहल गर्न प्रधानमन्त्री, पराराष्ट्र मन्त्री, भन्सार विभाग, दलका शीर्ष नेता, सरोकारवाला निकायलाई ज्ञापनपत्र, अन्तत्र्रियाजस्ता विभिन्न माध्यमबाट आग्रह गरिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष अशोक श्रेष्ठले बताउनुभयो । 

दशैँका सामान चिनियाँ भू–भागमा रोकिएका कारण तातोपानी नाका र रसुवागढी नाका तत्काल खुलाउन नेपाल सरकारले चीन सरकारसँग कूटनीतिक पहल थाल्नुपर्ने उहाँको भनाइ छ । चीनको स्वशासित क्षेत्र तिब्बतका विभिन्न सहरमा ८ अगस्टदेखि कोरोना सङ्क्रमणका कारण लकडाउन जारी छ । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …