तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । चालु आर्थिक बर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलगनतामा करको दर हेरफेर गरिएको भन्ने बिषयमा गठन गरिएको संसदीय बिशेष समितिले आफ्नो प्रतिबेदन प्रतिनिधि सभाको बैठकमा पेश गरेको छ । 

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा समितीका अध्यक्ष लक्ष्मणलाल कर्णले उक्त प्रतिबेदन पेश गरेका थिए ।

चालु आवको बजेटको करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको भनी आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मा संसदीय बिशेष समितिले दिएको सुनपानीले चोखिदैँ छ्न । 

प्रतिबेदनमा उल्लेखित ‘अर्थ मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफल , मन्त्रालयबाट प्राप्त जवाफ र कागजात तथा सिसिटिभी फुटेजको अध्ययन गर्दा करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश नगराएको भन्ने निष्कर्ष मन्त्री शर्मालाई चोख्याउने सुनेपानी बनेको छ।

करको दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको र करका दरले अर्थतन्त्रमा पारेको प्रभावको नियमित अध्ययन , संसद्को विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने देखिएन ‘  प्रतिवेदनको अन्तिम निष्कर्ष रहेको छ ।उक्त प्रतिबेदन सर्वसमाप्त भएको छैन  अत: सर्वसमाप्त गर्ने प्रयास भने फरक मतमा गरिएको छ 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …